काठमाडौं- साथसाथै संस्थाका अध्यक्ष प्रजिता कार्कीले दीर्घकालीन पर्यटन विकासका लागि जलवायुमैत्री पूर्वधार विकास बनाउनुपर्ने बताएकी छन्।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन र वन तथा वातावरण मन्त्रालयको सहकार्यमा साथसाथैले विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको राष्ट्रिय पर्यटन सम्मेलनका क्रममा अध्यक्ष कार्कीले जलवायु परिवर्तनको सबैभन्दा विनाशकारी असर पर्यटन व्यवसायमा परेको बताएकी हुन्।
उनले भनिन्, 'एकातिर पर्यटन क्षेत्रमा निकै पूर्वाधार निर्माण गर्नुछ भने अर्काेतिर भएका पूर्वाधार जोगाउने चुनौती छ अनि अबका पूर्वाधार जलवायु परिवर्तनमैत्री बनाउनु छ।'
पर्यटन क्षेत्रको दीर्घकालिन विकासका लागि हामीले व्यक्तिगत, सामाजिक र राष्ट्रिय स्तरमा नयाँ संस्कार र परिपाटीको सुरुवात गर्न आवश्यक रहेको बताएकी छन्। उनले समग्र पर्यटनको योजना र रणनीति बनाउँदा हामीले आन्तरिक पर्यटन प्रर्वद्धनमा पनि उत्तिकै ध्यान दिन आवश्यक रहेकोमा जोड दिइन्। यसका लागि हामीले व्यक्तिगत तहदेखि राष्ट्रिय रुपमा नै एउटा संस्कारको विकास गर्नुपर्ने उनको भनाइ थियो।
पर्यटन क्षेत्रको दीर्घकालिन विकासका लागि व्यक्तिगत तहमा नै नयाँ संस्कार र परिपाटीको विकास गर्न आवश्यक रहेको पनि उनले बताएकी छन्। उनले भनिन्, 'समग्र पर्यटनको योजना र रणनीति बनाउँदा हामीले आन्तरिक पर्यटन प्रर्वद्धनमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ। यसका लागि हामीले व्यक्तिगत तहदेखि राष्ट्रिय रुपमा नै एउटा संस्कारको विकास गदै जानुपर्छ । यसका लागि महिलाले विशेष भूमिका खेल्न सक्छन् र खेल्नुपर्छ भन्नेमा म दृढ छु।'
देशबाहिर भन्दा पहिला देशभित्रै घुम्ने परिपाटी र अभ्यासको शुरु गर्न मिलेर जागरण ल्याउनुपर्नेमा अध्यक्ष कार्कीले जोड दिइन्। हिमाल सरसफाईको क्षेत्रमा नेपाली सेनाले महत्वपूर्ण भूमिकाको पनि अध्यक्ष कार्कीले प्रशंसा गरेकी छन्।
पर्यटन क्षेत्रमा थुप्रै चुनौतीहरु भएको उल्लेख गर्दै भनिन्, 'यी चुनौतीको सामनाका लागि एक्लो पहल र प्रयासले सफल हुँदैन। यस क्षेत्रका सरोकावालरुको बीचमा सहकर्याको आवश्यकता छ। साथसाथैले यो कार्यमा एउटा ईटा थप्न मात्र खोजेको हो। नीति निर्माता, सरोकारवाला र तीनै तहका सरकारलाई हामीले बारम्बार झकझकाई रहनुपर्दछ। साथसाथै जलवायु परिवतर्नले महिला र संवेदनशील वर्गमा पारेको असरलाई आफ्नो प्राथमिकताको उच्च स्थानमा राखेको छ।'