काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च


६, असार २०८१
काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च

२ असार, काठमाडौं ।  काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च भएको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस रेकर्ड भएको छ । यो २०४६ सालयताको सबैभन्दा उच्च अधिकतम तापक्रमको रेकर्ड हो ।

काठमाडौंमा २०४६ साल वैशाख २५ गते अर्थात् सन् १९८९ मे ७ तारिकको दिन अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन भएको थियो ।


जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले अनलाइनखबरसँग भनिन्, ‘१९८९ मे ७ पछि हिजो (असार १ गते) उच्च गर्मीको रेकर्ड रह्यो ।’

जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार विगत विगत ३० वर्षको तथ्यांकलाई आधार मानेर हेर्दा जुन महिनामा काठमाडौंको सरदर अधिकतम् तापक्रम २९.४ डिग्री सेल्सियस हो । तर त्यो सरदर अधिकतम तापक्रमको रेकर्ड गत वर्षदेखि नै तोडिँदै गएको छ ।

यो पनि पढ्नुहोस

काठमाडौंमै उखरमाउलो गर्मी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमको रेकर्ड राख्न थालिएको वर्ष सन् १९६८ देखि सन् २०२० सम्मको अवधिको अधिकतम तापक्रम ०.०५ डिग्री सेल्सियसले बढेको छ । जुन महिनाको मात्रै सबैभन्दा ताता दिनहरुको ट्रेण्ड ०.०५ डिग्री सेल्सियसले बढेको छ ।

मे र जुन महिना सबैभन्दा गर्मी महिनाका रूपमा चिनिन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वचालित मौसम मापन केन्द्रमा यस वर्षको जुन ८, ९ र १० तारिख अर्थात् जेठ २६, २७ र २८ गते अधिकतम तापक्रम क्रमशः ३१.९, ३३.८ र ३४.४ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।

मनसुन बल्ल मधेशमा

मे र जुन महिना बढी गर्मी हुने महिनाका रूपमा चिनिन्छन् । यस वर्ष हिउँद याम र प्रि-मनसुन अवधिमा कम वर्षा भएकाले पनि गर्मी झन् बढेको अनुमान छ ।

मौसमविद प्रतिभा मानन्धर मनसुन फैलिन ढिलाइ भएकाले काठमाडौंसहित पश्चिम तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढेको बताउँछिन् ।

यस वर्षको मनसुन जेठ २८ गते नै कोशी प्रदेशमा भित्रिएको थियो । तर पश्चिमतिर सर्न ढिलाइ भइरहेको छ । मनसुन आज बल्ल मधेशको पूर्वी भागमा आइपुगेको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौंमा मनसुन आउन अझै केही दिन लाग्ने अनुमान छ ।

महाशाखाले मनसुन सम्बन्धी अपडेट आज जारी गर्ने तयारी गरेको छ ।

पश्चिम तराईमा गर्मी कायमै

स्थानीय वायु, पश्चिमी वायु र भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण मनसुन फैलिन ढिलाइ भइरहेको मौसमविद् बताउँछन् ।

त्यसैले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरूमा उच्च गर्मी र तातो लहर कायम छ । मौसम पूर्वानुमान महाशाखाले आजै तातो लहर सम्बन्धी विशेष बुलेटिन पनि जारी गर्ने तयारी गरेको छ ।

यसअघि महाशाखाले जेठ ३२ गतेदेखि असार २ गतेसम्म तातो हावाको लहर चल्ने भन्दै सतर्कताको सूचना जारी गरेको थियो ।

पश्चिम तराईमा गर्मी कायमै रहेकाले आज पनि विशेष बुलेटिन जारी गर्न लागिएको हो ।

आज दिउँसो १२ः४५ बजेको रेकर्डमा रुपन्देहीका भैरहवा, लुम्बिनी, कपिलवस्तुको तौलिहवा, बाँकेका नेपालगञ्ज विमानस्थल, खजुरा, भगवानपुर, बैजापुर, सिक्टा, कैलालीको धनगढी एयरपोर्ट, बलिया, साँढेपानी, कञ्चनपुरको दोधारासम्म उच्च गर्मी छ । ती क्षेत्रको अधिकतम तापक्रम ३५ देखि ३९.८ डिग्री सेल्सियससम्म पुगेको छ । दिउँसो अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ ।

लामो समयदेखि पानी नपर्दा पश्चिम तराईका जिल्लाहरूमा खडेरी परेको छ । खेतबारीमा लगाइएका तरकारी र अन्नबाली सुक्न थालेपछि आकाशे पानीको भर पर्नुपर्ने किसानहरु मर्कामा परेका छन् ।

गत वर्ष पूर्वी नेपालमा भित्रिएको मनसुन तीन हप्तापछि मात्रै सुदूरपश्चिमसम्म फैलिएको थियो ।

विनोद घिमिरे

सम्बन्धित समाचार

  • आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

    काठमाडौँ- हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने

  • यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान

    काठमाडौँ- यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग

  • पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

    काठमाडौँ- यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेङ्गी सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । जल तथा

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend