मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी


३२, जेठ २०८१
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी

काठमाडौ‌-  जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।

विभागले बिहीबार साँझ विशेष बुलेटिन निकालेर कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाउँदै ती स्थानका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो। 
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको तथा यो क्रम केही दिन जारी रहने सम्भावना रहेको विशेष बुलेटिनमा जनाइएको छ। 

तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुन सक्ने विभागले जनाएको छ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नहिँड्ने), हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, ) प्रशस्त मात्रामा पिउन विभागले सुझाएको छ । साथै विभागले स्वास्थ्यमा समस्या देखिए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहेर सल्लाह लिन आग्रह गरेको छ।

राष्ट्रिय समाचार समिति (रासस)

सम्बन्धित समाचार

  • चक्रवात ‘अर्णव’को प्रभावले बिग्रिँदै मौसम, हिमाली पर्यटनमा जोखिम

    काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात अर्णवको प्रभाव नेपालमा देखिन थालेसँगै वर्षा र हिमपातको सम्भावना

  • बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तरपश्चिमतर्फ सर्दै, नेपालमा वर्षाको सम्भावना

    काठमाडौं अण्डमान सागर आसपास विकसित भई हाल बंगालको खाडीको पूर्वमध्य भागमा रहेको न्यूनचापीय प्रणाली

  • आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

    काठमाडौँ- हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend