वातावरणीय न्यायका लागि काठमाडौँमा पदयात्रा


२७, जेठ २०८१
वातावरणीय न्यायका लागि काठमाडौँमा पदयात्रा

 

blogकाठमाडौँ-  विश्व वातावरण दिवसका अवसरमा ‘वातावरणीय न्यायका लागि सँगसँगै पदयात्रा’ गरिएको छ । जलवायुका क्षेत्रमा कार्यरत संस्था साथसाथैको मुख्य आयोजना र अन्य विभिन्न ६४ संस्थाको समन्वयमा आज भद्रकालीबाट सुरु भएको पदयात्रा सुन्धारा न्यूरोड हुँदै वसन्तपुरमा सभामा परिणत भएको थियो ।

सभामा उपसभामुख इन्दिरा रानामगरले नेपालको आर्थिक समृद्धिको मुख्य आधार र पर्यटकको मुख्य आकर्षक हिमाल पग्लिएर कालापत्थरमा परिणत हुन लागेका विषय चिन्ताको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सबैको सरोकारको विषय बन्नुपर्छ र यसको समाधानका लागि आजैदेखि सबै आ–आफ्नो तर्फबाट जुटाैं । आफ्नो दिनचर्यामा वातावरण संरक्षणका लागि विद्युतीय चुलोको प्रयोगबाटै सुरुवात गरौँ ।”

उपसभामुख रानामगरले जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य भए पनि यसका कारण नेपालले विभिन्न विपद्, बेमौसमी तथा अनियमित वर्षा, कृषि तथा बालिनालीमा असरलगायतका समस्या भोग्नुपरेको बताउनुभयो । कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले जलवायु परिवर्तनका कारण नेपालका हिमाल कालो हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालले भोग्नुपरेका यस्ता समस्याको समाधानका लागि कार्बन बढी उत्सर्जन गर्ने औद्योगिक र विकसित मुलुकसँग क्षतिपूर्ति मागदाबी गर्नुपर्छ ।” 

उहाँले वातावरणीय विनाशका कारण स्थानीय जनता विस्थापित हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै आजैदेखि वातावरण संरक्षणमा जुट्न सबैलाई ऐक्यबद्धता गर्न आग्रहसमेत गर्नभयो । उहाँले विकासका नाममा हेलचेक्र्याइँ गर्दा विनाश निम्तिरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (एमाले) का सचेतक सुनीता बरालले वातावरण संरक्षणका क्षेत्रमा आफूहरु नीतिगत रुपमै काम गर्न सांसदहरुको समूह बनाउने तयारीमा रहेको जानकारी गराउनुभयो । नेपाली कांग्रेसका नेत्री एवं संविधानसभा सदस्य लक्ष्मी परियारले वातावरण संरक्षणमा सरोकारवालासँगै राजनीतिकर्मी पनि संवेदनशील भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

मधेसी आयोगका सदस्य रेणुदेवी साहले नेपालको सुन्दर प्राकृतिक सम्पदा जोगाएर पर्यटन प्रवर्धन गर्नसके मात्र समृद्धि हासिल हुने बताउँदै यसमा सबैले ऐक्यबद्धताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । साथसाथैका अध्यक्ष प्रजिता कार्कीले वातावरण जोगाउन सबैको सहकार्यको आवश्यकता औंल्याउँदै यसका लागि आजैदेखि सबैले व्यक्तिगत रुपमै घरपरिवारबाटै पहलकदमी लिनुपर्ने बताउनुभयो । कार्यक्रममा उपस्थित सबै संस्थाका प्रतिनिधिले वातावरण संरक्षणका लागि ऐक्यबद्धता जनाउनुभएको थियो ।  रासस

सम्बन्धित समाचार

  • आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै

    काठमाडौँ- आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व नाराका

  • वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

    काठमाडौँ- चीन भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग चीनको राष्ट्रिय वन तथा घाँसेमैदान

  • जलवायु परिवर्तन र अव्यवस्थित दोहन, पानी सङ्कटको कारक बन्दै

    रमेश लम्साल/रासस काठमाडौँ- नेपालमा रहेका नदीनालामा वार्षिक रूपमा दुई सय २५ अर्ब घनमिटर पानी उपलब्ध हुने

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend