नवलपरासीपूर्वमा आलु उत्पादनमा वृद्धि


११, जेठ २०८१
नवलपरासीपूर्वमा आलु उत्पादनमा वृद्धि

मध्यविन्दु-  नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा आलुखेती गरिने क्षेत्र र उत्पादन बर्सेनि बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रसँगै स्थानीय पालिकाले आलुखेती प्रवर्द्धनअन्तर्गत अनुदान कार्यक्रम सञ्चालन गर्न थालेपछि आलुखेतीतर्फ किसान आकर्षित भएका छन्।

जिल्लामा यस आर्थिक वर्षमा तीन हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा आलुखेती भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो। यस वर्ष ५८ हजार चार सय १३ मेट्रिक टन आलु उत्पादन भएको छ।

“गत आव तीन हजार एक सय ७५ हेक्टरमा आलुखेती भएकामा यस वर्ष ३० हेक्टर जमिनमा थप विस्तार भएको छ”, उहाँले भन्नुभयो, “गत वर्ष जिल्लामा ५७ हजार तीन सय ५४ मेट्रिक टन आलु उत्पादन भएको थियो, गत वर्षभन्दा यस वर्ष उत्पादन एक हजार ५९ मेट्रिक टनले बढेको छ।”

जिल्लामा व्यावसायिक आलुखेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा देखिएको छ। पछिल्लो चार वर्षको आलुखेती गरिने क्षेत्रफल र उत्पादन हेर्दा प्रत्येक वर्ष वृद्धि हुँदै गएको देखिएको छ। जिल्लामा आव २०७८/७९ मा तीन हजार एक सय १५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिँदा ५० हजार एक सय ५२ मेट्रिक टन उत्पादन भएको थियो। आव २०७७/७८ मा तीन हजार एक सय १० हेक्टर क्षेत्रफलमा ५२ हजार नौ सय ९० मेट्रिक टन उत्पादन भएको थियो।

“आलु उत्पादनका हिसाबले नवलपरासी (बर्दघाट सुस्तापूर्व) आत्मनिर्भर रहेको छ”, सूचना अधिकारी काफ्लेले भन्नुभयो, “सरकारी तहबाट लगानी वृद्धि हुँदा किसान आलुखेतीतर्फ आकर्षित भएका छन्।”

जिल्लाको मध्यविन्दु, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ। सो क्षेत्रमा व्यावसायिक रूपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो। किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै बुटवल, नारायणगढ र काठमाडौँलगायतका बजारमा जाने गरेको छ।

राष्ट्रिय समाचार समिति (रासस)

 

 

सम्बन्धित समाचार

  • कोरियाबाट फर्केर कृषि पेशामा

    भोजपुर- कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक

  • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

    गुल्मी- सत्यवति गाउँपालिका८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको

  • Nepal at high risk of disaster: Agriculture Minister

    Kathmandu-Minister for Agriculture and Livestock Development Ramnath Adhikari has said that Nepal was at high

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend