किसानलाई व्यावसायिक बनाउन ‘बिरुवा हाम्रो, फल तपाईंको कार्यक्रम’


८, जेठ २०८१
किसानलाई व्यावसायिक बनाउन ‘बिरुवा हाम्रो, फल तपाईंको कार्यक्रम’

पर्वत-  किसानलाई व्यावसायिक फलफूल खेतीमा आकर्षित गर्न फलेवास नगरपालिकाले ‘बिरुवा हाम्रो, फल तपाईंको कार्यक्रम’ सुरु गरेको छ।  

व्यावसायिक रुपमा फलफूल खेती गर्न इच्छुक किसानलाई आवश्यकताअनुसार बिरुवा उपलब्ध गराउन नगरपालिकाले यस्तो कार्यक्रम सञ्चालन गरेको हो । नगरका ११ वटै वडाका किसानले यस कार्यक्रम अन्तर्गत हावापानी र भौगोलिक अवस्था अनुसारका फलफूलका विरुवा माग गर्न सक्ने छन् । 

फलेवासमा आँप, लिची, सुन्तला, कागती, जुनार, एभोकाडो, अम्बा, अङ्गुर, ड्रागन फ्रुट, केरालगायत फलफूलको उत्पादन हुँदै आएको छ । राम्रो उत्पादन हुने फलफूललाई व्यावसायिक रुपमा खेती गरेर किसान स्वरोजगार बनुन र नगरपालिकालाई नै फलफूलमा आत्मनिर्भर बनाउनका लागि कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख गङ्गाधार तिवारीले जानकारी दिनुभयो। 

जुन वडामा जुन फलफूल बढी उत्पादन हुन्छ त्यही विस्तार गर्न सकेमा किसान लाभान्वित हुने उहाँको भनाइ छ। नगरपालिकाले ५० प्रतिशत अनुदानमा बिरुवाहरु उपलब्ध गराउने छ। 

व्यावसायिक रुपमा लागेका किसान, कृषि समूह, सहकारी वा फर्मले न्यूनतम १० वटाभन्दा बढी बिरुवा माग गर्नुपर्ने नगरपालिकाले जनाएको छ । १० वटाभन्दा कम सङ्ख्यामा लगाउने किसानले व्यावसायिक रुपमा प्रगति हासिल नगर्ने भएकाले धेरैभन्दा धेरै सङ्ख्यामा बिरुवा लगाउन भन्ने नगरको उद्देश्य रहेको फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले जानकारी दिनुभयो। 

युवा शक्तिको बढ्दो पलायन, बसाइँसराइ, बाँदर आतङ्क, जनशक्तिको अभावलगायत कारण बढ्दै गएको बाँझो जमिनको सदुपयोग गर्नका लागि पनि फलफूल खेती विस्तारमा नगरले जोड दिएको हो । किसानलाई बिरुवासँगै अन्य प्राविधिक सहयोग पनि नगरले गर्ने भएको छ। 

सुन्तला खेती हुँदै आएको छ। यी वडावाट वार्षिक रु चार करोडभन्दा बढीको सुन्तला निर्यात हुने गरेको छ । यी दुई वडामा सुन्तला खेतीको राम्रो सम्भावना रहेको छ। खानीगाउँ, मुडिकुवा, देवीस्थानमा आँप, लिची, कटहर, एभोकाडो, कागती, केरालगायत फलफूल प्रशस्त मात्रामा उत्पादन गर्न सकिने फलेवास नगरपालिकाका कृषि शाखा प्रमुख केदार सापकोटाले जानकारी दिनुभयो। 

किसानको माग सङ्ख्या र प्राथमिकताका आधारमा बिरुवाहरु उपलब्ध गराइने उहाँले बताउनुभयो। यसका लागि किसान वा कृषि संंस्थाले नागरिकता, फर्म दर्ताको प्रमाणपत्र, जग्गाको लालपुर्जा, सम्बन्धित वडा कार्यालयको सिफारिस र न्यूनतम १० वटा बिरुवाभन्दा बढी माग गरेको निवेदन बुझाउनुपर्ने उहाँले बताउनुभयो। 

राष्ट्रिय समाचार समिति (रासस)

सम्बन्धित समाचार

  • कोरियाबाट फर्केर कृषि पेशामा

    भोजपुर- कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक

  • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

    गुल्मी- सत्यवति गाउँपालिका८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको

  • Nepal at high risk of disaster: Agriculture Minister

    Kathmandu-Minister for Agriculture and Livestock Development Ramnath Adhikari has said that Nepal was at high

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend