विश्व वन्यजन्तु कोषबाट हिमाली संरक्षण मञ्च पुरस्कृत


७, जेठ २०८१
विश्व वन्यजन्तु कोषबाट हिमाली संरक्षण मञ्च पुरस्कृत

फुङ्लिङ-  ताप्लेजुङमा कार्य क्षेत्र बनाएर संरक्षण क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्च विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ)बाट पुरस्कृत भएको छ। विश्व वन्यजन्तु कोषले काठमाडौँमा एक कार्यक्रम गर्दै हिमाली संरक्षण मञ्चलाई पुरस्कृत गरेको हो । 

जैविक विविधताको संरक्षण क्षेत्रमा टेवा गरेको भन्दै कोषले मञ्चलाई अब्म्हाम सरक्षण पुरस्कार २०२४ बाट पुरस्कृत गरेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए। पुरस्कारले आगामी दिनमा संरक्षण क्षेत्रमा काम गर्ने थप ऊर्जा प्राप्त भएको उनले बताए।  मञ्च सन् २०२० मा पन्छी संरक्षण कोषबाट समेत पुरस्कृत भएको थियो। 

मञ्चले मुख्य गरेर दुर्लभ हाब्रे (रेड पाण्डा)को संरक्षणमा २०६२ सालदेखि काम गर्दै आएको छ।संरक्षणसँगै पर्यापर्यटन प्रवद्र्धन तथा स्थानीय समुदायको आयआर्जनमा समेत सहयोग गर्दै आएको छ। 

सचिव विवस केदेमले मञ्चले विभिन्न संस्थासँग साझेदार गरेर विश्व दुर्लभ वन्यजन्तु हिउँ चितुवा संरक्षणमा समेत काम गर्दै आएको बताए। विद्यलय तहबाटै हिउँ चितुवा संरक्षणमा जनचेतना बढाउन कक्षा ७ र ८ मा पठनपाठन समेत सुरु गरिएको मञ्चका अध्यक्ष चन्द्रमणि सुब्बाले बताए। मञ्चले जैविक विविधताको अध्ययनका लागि रु चार करोड लागतमा फुङ्लिङ नगरपालिका–९ देउराली क्षेत्रमा हाब्रे सेन्टर स्थापना गरेको छ।

राष्ट्रिय समाचार समिति (रासस)

सम्बन्धित समाचार

  • आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै

    काठमाडौँ- आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व नाराका

  • वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

    काठमाडौँ- चीन भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग चीनको राष्ट्रिय वन तथा घाँसेमैदान

  • जलवायु परिवर्तन र अव्यवस्थित दोहन, पानी सङ्कटको कारक बन्दै

    रमेश लम्साल/रासस काठमाडौँ- नेपालमा रहेका नदीनालामा वार्षिक रूपमा दुई सय २५ अर्ब घनमिटर पानी उपलब्ध हुने

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend