निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे


४, जेठ २०८१
निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे

चितवन -  चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ। 

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म दुई लाख ७२ हजार नौ सय ४२ पर्यटकले निकुञ्ज क्षेत्र अवलोकन गरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार १० महिनामा एक लाख ६१ हजार आठ सय २७ नेपालीले भ्रमण गरेका छन्। जसमध्ये सार्क मुलुकका २६ हजार चार सय ६१ र तेस्रो मुलुकका ८४ हजार छ सय ५४ जना रहेका छन्।

गत आवमा दुई लाख ९९ हजार चार सय १२ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका तिवारीले बताउ। जसमध्ये तेस्रो देशका ५५ हजार आठ सय ७२ र सार्कका ३७ हजार नौ सय ३५ थिए । नेपालीको सङ्ख्या दुई लाख पाँच हजार छ सय पाँच थियो। 

“कोभिडपछि विदेशी पर्यटकको आगमनमा कमी आएको थियो । क्रमशः विदेशीको सङ्ख्या बढ्दै गएको छ । देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा चितवन राष्ट्रिय निकुञ्जलाई लिने गरिन्छ”, सूचना अधिकारी तिवारीले भने, “विदेशी पर्यटक सफारी पर्यटनका लागि यहाँ आउने गर्दछन् । दुर्लभ एक सिङ्गे गैँडा, पाटे बाघलगायत वन्यजन्तु, चराचुरुङ्गी, जलचर अवलोकनका लागि पर्यटक यहाँ आउने गर्दछन्। 

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ। निकुञ्जका केही प्रवेशद्वार महानगरतर्फ पनि छन्। महानगरले स्वदेश तथा विदेशमा समेत भ्रमण वर्षको प्रचारप्रसार गरिरहेको छ।

राष्ट्रिय समाचार समिति (रासस)

सम्बन्धित समाचार

  • आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै

    काठमाडौँ- आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व नाराका

  • वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

    काठमाडौँ- चीन भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग चीनको राष्ट्रिय वन तथा घाँसेमैदान

  • जलवायु परिवर्तन र अव्यवस्थित दोहन, पानी सङ्कटको कारक बन्दै

    रमेश लम्साल/रासस काठमाडौँ- नेपालमा रहेका नदीनालामा वार्षिक रूपमा दुई सय २५ अर्ब घनमिटर पानी उपलब्ध हुने

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend