किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण


४, जेठ २०८१
किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण

वालिङ - किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ ।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत भिरकोट–९ का किसानलाई घार वितरण गरिएको हो । मौरीपालनका दृष्टिले प्रशस्त वनजङ्गल र चरन क्षेत्र भएकाले पनि मौरीपालन फस्टाउन सक्ने भएकाले वडाका किसानलाई घार वितरण गरी अभियान थालिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए।

“मौरीपालनका दृष्टिले प्रचुर सम्भावना देखिएकाले अहिले वडा नं ९ मा मौरीका घार वितरण गरेका हौँ”, उनले भने, “आगामी दिनमा यसलाई व्यावसायिकरुपमा अगाडि बढाउँदै आयआर्जनसँग जोड्ने र यहाँका नागरिकको आर्थिक समृद्धिमा सुधार ल्याउने उद्देश्य छ ।” मौरीपालन गर्दा मौरीको गोलासहितको घार तथा महको पनि माग उच्च भएकाले यहाँका नागरिकलाई मौरीपालनतर्फ जोड्दै लगिएको उनले बताए।

“पालिकाको योजना, नागरिकको चाहना र मागका आधारमा नागरिकलाई उद्यमी बनाउनका लागि निरन्तर लाग्छौँ”, उनले भने, “यसमा नागरिकको परिश्रम र कामप्रति लगनशीलता हुनु जरुरी छ ।” नगरपालिकाको ८० प्रतिशत अनुदान र किसानको २० प्रतिशत लागत साझेदारीमा गोलासहितका मौरी घार उपलब्ध गराइएको वडाध्यक्ष भीमबहादुर गुरुङले बताए।

रु नौ हजार मूल्य रहेको मौरीसहितको घारलाई किसानले रु एक हजार आठ सयमा प्राप्त गरेका हुन्। वडाका ३४ किसानलाई मौरीसहितको घार वितरण गरिएको हो । “कृषि कर्म गर्दै आएका यहाँका नागरिकको आर्थिकस्तर उकास्न उद्यमशीलतासँग जोड्नु जरुरी छ”, उनले भने, “नागरिकलाई उद्यमशीलतासँग जोड्नका लागि मौरीको प्रचुर सम्भावना भएकाले मौरीपालनलाई व्यावसायिकरुपमा अगाडि बढाउने निष्कर्षमा पुगेका हौँ।”

मौरीपालन गर्नका लागि पाँचदिने आधारभूत ज्ञान सीप किसानलाई दिइएको छ । आगामी दिनमा मौरीपालनलाई व्यावसायिकतातर्फ अगाडि बढाउन र थप विस्तार गर्नका लागि वडा तथा पालिकाले निरन्तर सहयोग गर्ने उनले बताए। “मौरीसहितका घार तथा शुद्ध महको माग बढ्दो क्रममा छ”, उनले भने, “यहाँका किसानले उत्पादन गरेका मौरी तथा मह बिक्री नभएमा वडाले बिक्रीका लागि आवश्यक पहल गर्नेछ।”


राष्ट्रिय समाचार समिति (रासस)

सम्बन्धित समाचार

  • कोरियाबाट फर्केर कृषि पेशामा

    भोजपुर- कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक

  • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

    गुल्मी- सत्यवति गाउँपालिका८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको

  • Nepal at high risk of disaster: Agriculture Minister

    Kathmandu-Minister for Agriculture and Livestock Development Ramnath Adhikari has said that Nepal was at high

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend