टीकापुरमा यसकारण आवश्यक छ कृषि अनुसन्धान केन्द्र


साथसाथै न्युज
९, साउन २०८०
टीकापुरमा यसकारण आवश्यक छ कृषि अनुसन्धान केन्द्र

धनगढी- कैलालीको टीकापुरमा बहुआयामिक प्रदेशस्तरीय कृषि अनुसन्धान केन्द्र स्थापनाको लागि पहल थालिएको छ।  राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना र दुई कृषि क्याम्पस स्थापना भएसँगै टीकापुरलाई कृषिको ‘हब’का रूपमा विकास हुँदै गएको छ।  

कैलाली क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य रुपा सोसी चौधरीले कृषि भण्डारका रूपमा रहेको यस क्षेत्रमा कृषिको अनुसन्धान गर्दै उत्पादन बढाउनका लागि कृषि अनुसन्धान केन्द्र स्थापना हुनुपर्ने बताएका छन्। उनले भने, 'कृषिमा  सम्भावना बोकेको क्षेत्र भएका कारण पनि अनुसन्धान केन्द्र स्थापना गर्नु आवश्यक छ।'

राष्ट्रियसभा सदस्य गरिमा शाहले कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि सामूहिक प्रयासको आवश्यकता औँल्याए। 'अनुसन्धानकै माध्यमबाट सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउन सकिन्छ,' उनले भने, 'त्यसका लागि हामीले गर्नुपर्ने काम हामी गर्छौँ। त्यसमा ऐक्यबद्धता सबैको चाहिन्छ।'

नेपाल कृषि अनुसन्धान परिषद्का बाली निर्देशक डा. कृष्णकुमार मिश्रले सुदूरपश्चिममा कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि धेरै प्रयास यसअघि पनि भएको जानकारी दिए। सबै दृष्टिकोणले टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्न राम्रो हुने उनको धारणा छ। 

'टीकापुरमा दुई कृषि क्याम्पस स्थापना भएका छन्। राष्ट्रिय गौरवको आयोजना यहीँ छ। कृषि क्षेत्रमा टीकापुरले सम्भावना बोकेको छ,' उनले भने, 'हामी बहुआयामिक कृषि अनुसन्धान केन्द्र स्थापना गर्न तयार छौँ। त्यसका लागि आवश्यक जग्गाको व्यवस्थापन स्थानीय सरकारले गर्नुपर्छ।'

परिषद्ले नगरपालिकासँग दुई सय ३५ बिघा जग्गा माग गरेको छ। उसले पहिलो चरणमा स्थापनाका लागि ७५ देखि एक सय बिघा जग्गा आवश्यक पर्ने बताएको छ। 'जग्गा आवश्यकताका आधारमा चाहिने कुरा हो। तत्कालका लागि ७५ देखि एक सय बिघा जग्गा आवश्यक हुन्छ।' निर्देशक मिश्रले भने, 'भोलि क्षेत्र जति बढ्दै गयो त्यसैअनुसार जग्गाको खपत बढ्दै जाने हुनसक्छ।' सरकारले चार वर्ष अगाडि नै सुदूरपशिममा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरिसकेको थियो। 

सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. अम्माराज जोशीले कृषि अनुसन्धान केन्द्र स्थापनाले समग्र सुदूरपश्चिममा कृषि क्षेत्रको विकास हुने जानकारी दिए। 

उनले एउटा फलफूलको बिरुवाका लागि भारतीय बजार पुग्नुपर्ने बाध्यता रहेको बताउँदै अनुसन्धान केन्द्रले काम गर्न सके भारतीयहरू नेपाली बजारमा आएर खरिद गर्ने स्थिति बन्‍ने बताए।

'टीकापुरका बहुआयामिक कृषि अनुसन्धान केन्द्र स्थापना हुँदा त्यसको सबैभन्दा बढी फाइदा विश्वविद्यालयले लिनेछ। किनभने विश्वविद्यालयको कृषि विज्ञान सङ्कायको डिन कार्यालय टीकापुरमा छ र त्यहाँ ६७ जिल्लाको बिद्यार्थी अध्ययन गर्नुहुन्छ। उहाँहरूका लागि बलियो सिकाइ केन्द्र बन्न सक्छ,' उनले भने। 

टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्न आवश्यक रहेको बताए।  उनले भने, 'अहिले टीकापुरमा दुई क्याम्पसमा कृषिको अध्ययन हुँदै आएको छ। त्यससँगै तीन वर्षीय बाली विज्ञानको अध्ययन–अध्यापन पनि टीकापुरमा हुन्छ। त्यतिमात्र नभई, कृषि, पशु र वन विज्ञानको समेत अध्यापन हुने हुँदा त्यो जनशक्तिलाई स्थानीय क्षेत्रमा आबद्ध गराउनका लागि पनि केन्द्र निकै उपयोगी हुनेछ।'

सुदुरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका डिन लालप्रसाद अमागाईँले कृषि विकासको मेरुदण्ड भएको जनाउँदै कृषि अनुसन्धान केन्द्रको स्थापनाले विश्वविद्यालयमा बिद्यार्थीको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरे। उनले कृषिका लागि सबै कुराले परिपक्व बन्दै गएको टीकापुर कृषि अनुसन्धान केन्द्रको स्थापनापछि पूर्ण हुने बताए। 

सम्बन्धित समाचार

  • कोरियाबाट फर्केर कृषि पेशामा

    भोजपुर- कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक

  • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

    गुल्मी- सत्यवति गाउँपालिका८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको

  • Nepal at high risk of disaster: Agriculture Minister

    Kathmandu-Minister for Agriculture and Livestock Development Ramnath Adhikari has said that Nepal was at high

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend