साढे सात महिनापछि पर्याप्त वर्षा, किसानलाई राहत


२५, वैशाख २०८१
साढे सात महिनापछि पर्याप्त वर्षा, किसानलाई राहत

पर्वत-  साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि पर्वतका किसानलाई राहत मिलेको छ । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली प्रभावित भएपछि निराश भएका किसान सोमबार दिउँसोदेखि वर्षा भएर किसान हर्षित बनेका हुन्। 

खेतबारीमा लगाएको गहुँ, तोरी, आलु फापर, जौ, तरकारीको उत्पादन न्यून हुँदा निराश बनेका किसान बर्खेबाली लगाउन पाउने भएपछि हर्षित बनेका छन्। वर्षा नहुँदा खेतबारीमा लगाएका मकै सुक्न थालेका थिए भने कोदो र धानको बीउ समेत उम्रिन पाएको थिएन। 
 
सिँचाइको सुविधा भएका ठाउँका किसानभन्दा सिँचाइको सुविधा नभएका ठाउँका किसानलाई ठूलो राहत मिलेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । वर्षा भएपछि किसानलाई खेतबारी जोतखन गर्ने र बर्खे बाली लगाउन सहज भएको छ । वर्षा भएपछि किसान मकै गोडमेल गर्न व्यस्त हुन थालेका छन्। 
 
गएको असोज पहिलो साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस, माघ, फागुन, चैत महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापरलगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले बताए। पर्वतमा सिँचाइ सुविधा पुगेको झन्डै आठ हजार हेक्टरबाहेक अधिकांश स्थानका किसान भने वर्षाको भरमा निर्भर रहनुपर्ने बाध्यता छ । 

 यसवर्ष खेतमा मकै लगाउन ढिला भएकाले अधिकांश किसानले बाँझै राखेको सापकोटाले बताए। ढिलोगरी वर्षा भए पनि बारीमा मकै लगाउन, लहरेबालीलगायत विभिन्न तरकारी र बर्खे आलुलगाउन भने सहज भएको किसानको भनाइ छ । हरेक वर्षको एकपटक हिउँ पर्ने पर्वतको बनौँ, लेखफाँट, शालिजा, पन्चासे क्षेत्रमा यसपटक भने हिउँ नपरेको जलजला–९ बनौका वडा अध्यक्ष गौबहादुर पुनले बताए। 

कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ४० प्रतिशतभन्दा बढीले कमी आएको छ । सबैभन्दा बढी तेलहन र गहुँ बाली प्रभावित भएको वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले बताए। त्यसबाहेक फापर, जौ, आलुलगायत मौसमी तथा बेमौसमी तरकारीबाली समेत प्रभावित बनेको छ। 

वर्षा भएपछि वनजङ्गलमा लागिरहेको डढेलो पनि नियन्त्रणमा आएको छ भने प्रदूषण समेत क्रमशः घट्दै गएको डिभिजन वन कार्यालय पर्वतका प्रमुख झ्यामनारायण सापकोटाले बताए।

राष्ट्रिय समाचार समिति (रासस)

सम्बन्धित समाचार

  • कोरियाबाट फर्केर कृषि पेशामा

    भोजपुर- कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक

  • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

    गुल्मी- सत्यवति गाउँपालिका८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको

  • Nepal at high risk of disaster: Agriculture Minister

    Kathmandu-Minister for Agriculture and Livestock Development Ramnath Adhikari has said that Nepal was at high

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend