देशभर बदली, मौसमविद भन्छन्- भोलि घाम लाग्छ


२, फागुन २०८०
देशभर बदली, मौसमविद भन्छन्- भोलि घाम लाग्छ

२ फागुन, काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर बदली भएको छ । बदली भएसँगै चिसो महसुस पनि भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा बादल लागेको छ ।

सुदूरपश्चिम प्रदेश बाहेक ६ वटै प्रदेशका एक–दुई ठाउँमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना पनि रहेको बरिष्ठ मौसमविद वरुण पौडेलले जानकारी दिए । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको उनले बताए ।

उनका अनुसार अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा कम बादल लागेको छ । बादल लागेकाले अधिकतम तापक्रममा गिरावट आउने सम्भावना पनि छ । अधिकतम तापक्रम घट्दा जाडो महसुस हुने मौसमविद पौडेलले बताए ।

आज बिहान काठमाडौंको अधिकतम तापक्रम २२.७ डिग्री सेल्सियस छ । आज दिउँसो अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान छ ।

‘भोलि घाम लाग्छ’

आज रातिबाट आकाश खुल्दै जाने र पश्चिमी भूभागमा भोलि घाम पनि लाग्ने वरिष्ठ मौसमविद पौडेलले बताए । तर बागमती प्रदेशदेखि पूर्वतर्फ भने आज साँझसम्म पनि बादल कायमै रहने सम्भावना रहेको उनले बताए ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेख छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

आज राति भने कोशी र मधेश प्रदेश लगायत बागमती प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशका एक–दुई स्थानमा भने हल्का वर्षाको पनि सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ

सम्बन्धित समाचार

  • चक्रवात ‘अर्णव’को प्रभावले बिग्रिँदै मौसम, हिमाली पर्यटनमा जोखिम

    काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात अर्णवको प्रभाव नेपालमा देखिन थालेसँगै वर्षा र हिमपातको सम्भावना

  • बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तरपश्चिमतर्फ सर्दै, नेपालमा वर्षाको सम्भावना

    काठमाडौं अण्डमान सागर आसपास विकसित भई हाल बंगालको खाडीको पूर्वमध्य भागमा रहेको न्यूनचापीय प्रणाली

  • आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

    काठमाडौँ- हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend