उदयपुरमा अदुवा उत्पादन घट्दै


२, फागुन २०८०
उदयपुरमा अदुवा उत्पादन घट्दै

उदयपुर - जिल्लाको पश्चिमी पहाडी क्षेत्र, मध्य र पूर्वी पहाडी क्षेत्रमा उत्पादन हुँदै आएको व्यावसायिक अदुवा उत्पादन हाल आएर घट्दै गइरहेको छ ।
                    
जिल्लाको पश्चिमी पहाडी क्षेत्रको कटारी नगरपालिकाको सिरीसे, हर्देनी मयङखु, बेतिनी, घुर्मी, सोरुङछबीसे, कटारी, सोमबारे रिस्कु क्षेत्रसहित उदयपुर गढी गाउँपालिकाको भलायाडाँडा, बर्रे, तावाश्री क्षेत्रमा लामो समयदेखि व्यापकरुपमा उत्पादन हुने गरेको भए पनि कृषकले उचित मूल्य पाउन छाडेपछि हाल आएर अदुवाखेती समेत घट्दै गइरहेको कृषक बताउँछन् ।
           
पाँच-सात वर्षदेखि अदुवाको उचित मूल्य पाउन छाडिएका कारण आफूहरुले विगतको जस्तो अदुवा खेती विस्तार गर्न छाडेको उदयपुर गढी भलायाडाँडाका कृषक बमबहादुर मगर बताउनुहुन्छ । कटारी–१० सोरुङछबीसेका कृषक गौरबहादुर राउत भन्नुहुन्छ, “अदुवा खरीदकर्ताले उचित मूल्य नै दिन मान्दैनन्, दुख गरेर अदुवाखेती गरे पनि उचित मूल्य नपाएपछि गाउँलेले पहिलेको जस्तो धेरै खेती गर्न छाडे ।”
                   
अर्का कृषक बेदबहादुर तामाङले जिल्लाभित्र वा बाहिरका बिचौलिया आएर सुरुमा नै रु ५० देखि ६० सम्म प्रतिकिलो मूल्य तोकेर खरिद गर्ने गेको बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुले गाउँबाट बाहिर लगेर रु एक सय २५ देखि रु डेढ सय प्रतिकिलोमा बिक्री गर्छन्, हामी वर्षेनी ठगिन पर्ने बाध्यता छ ।”
               
कटारी रिस्कु सोमबारेका कृषक रामु दनुवारका अनुसार वर्षेनी बाहिरका मान्छे आएर अदुवाको मूल्य निर्धारण गर्ने गरेका कारण कृषकले उचित मूल्य नपाएर कम मात्र अदुवा खेती गर्ने गरेका छन् । गाउँघरबाट सस्तोमा खरिद गरेका अदुवा व्यापारीले विराटनगर, जनकपुर, वीरगञ्ज लगेर महङ्गोमा बिक्री गर्ने गरेका कृषक बताउँछन् ।
             
आफूहरुले नसे र बोसे जातको अदुवा उत्पादन गर्ने गरेको सोमबारेका कृषक पदम दनुवार बताउनुहुन्छ । अदुवा खरीदकर्ता तथा व्यापारीले अदुवाको जातअनुसार फरक मूल्य निर्धारण गर्ने गरेका कारण आफुहरुले उचित मूल्य नपाएको कृषक बताउँछन् ।
             
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा २०७५ सालदेखि २०७८ सालसम्म वर्षेनी पाँच सय ८८ हेक्टरदेखि पाँच सय ८३ हेक्टर क्षेफलमा अदुवाखेती हुँदै आएको देखिन्छ । विसं २०७९ र २०८० मा आएर पाँच सय ७७ हेक्टर क्षेत्रफलमा मात्र अदुवाखेती भएको तथ्याङक रहेको ज्ञान केन्द्रका सूचना अधिकारी तथा अधिकृत फुलमाया शेर्पा बताउनुहुन्छ ।
                      
जिल्लाको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिकासहित चौदण्डीगढी नगरपालिकाको सिद्धिपुर चौदण्डीगढी क्षेत्रमा समेत हाल व्यावसायिक रुपमा अदुवा उत्पादन हुँदै गइरहेको ज्ञान केन्द्रले जनाएको छ । समयअनुसार उचित मूल्य नपाएपछि कृषकले विगतजस्तो व्यापकरुपमा अदुवाखेती विस्तार गर्न छाडेको कृषक बताउँछन् ।


(रासस)

सम्बन्धित समाचार

  • कोरियाबाट फर्केर कृषि पेशामा

    भोजपुर- कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक

  • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

    गुल्मी- सत्यवति गाउँपालिका८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको

  • Nepal at high risk of disaster: Agriculture Minister

    Kathmandu-Minister for Agriculture and Livestock Development Ramnath Adhikari has said that Nepal was at high

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend