आजको मौसम : उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा वर्षासँगै हल्का हिमपात


२१, माघ २०८०
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा वर्षासँगै हल्का हिमपात

काठमाडौँ-   हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाका साथै बागमती प्रदेशको थोरै स्थान तथा बाँकी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले राससलाई जानकारी दिए।

उनले भने, “बिहानदेखि सुदूरपश्चिमबाट पानी पर्न सुरु भई अहिले नेपालगञ्जसम्म पानी पर्न थालेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पनि बिहानदेखि हल्कादेखि मध्यम हिमपातको भइरहेको छ।”

अहिले काठमाडौँको वायुको तापक्रम १० डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता तीन किलोमिटर रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ। यसैगरी काठमाडौँको आजको न्यूनतम तापक्रम चार दशमलव छ डिग्री रहेको तथा आज अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् झाले बताएका छन्।

उनका अनुसार देशका उच्च तथा हिमाली भू–भागमा हल्का वर्षा जारी रहे पनि भोलि सोमबारबाट देशका अन्य क्षेत्रको मौसममा भने सुधार हुनुका साथै तपक्रम पनि क्रमिकरूपमा बढ्दै जाने छ।

यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानका हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 (रासस)

सम्बन्धित समाचार

  • चक्रवात ‘अर्णव’को प्रभावले बिग्रिँदै मौसम, हिमाली पर्यटनमा जोखिम

    काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात अर्णवको प्रभाव नेपालमा देखिन थालेसँगै वर्षा र हिमपातको सम्भावना

  • बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तरपश्चिमतर्फ सर्दै, नेपालमा वर्षाको सम्भावना

    काठमाडौं अण्डमान सागर आसपास विकसित भई हाल बंगालको खाडीको पूर्वमध्य भागमा रहेको न्यूनचापीय प्रणाली

  • आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

    काठमाडौँ- हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend