बगरखेती गर्ने किसानलाई पालिकाको अनुदान


८, पुस २०८०
बगरखेती गर्ने किसानलाई पालिकाको अनुदान

काठमाडौ‌ -   मकवानपुरको बकैया गाउँपालिकाले बगरखेती गर्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अनुसार बगरमा खेती गर्ने किसानलाई अनुदान दिने भएको हो ।

गाउँपालिकाले ९५ बिघा जमिनमा एक लाख ७५ हजार अनुदान रकम उपलब्ध गराउने भएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताए। उनका अनुसार पालिकाले गत शुक्रबार बगरखेती कार्यक्रमका लागि प्रस्तावना आह्वानको सूचना प्रकाशित गरेको हो । कृषि व्यवसायमा संलग्न भई खेती गर्न इच्छुक किसान, समूह, कृषि सहकारी संस्था, फारममार्फत एक साताभित्र दरखास्त आह्वान गर्न सकिने पालिकाले जनाएको छ ।

अनुदानका लागि संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, कृषि व्यवसाय गर्ने अनुसूची अनुसारको प्रस्तावना, जग्गाको क्षेत्रफल र स्वामित्व वा हकभोग खुल्ने प्रमाणपत्र प्रतिलिपि, प्रतिबद्धता पत्र, आयोजनासम्बन्धी अन्य कागजात माग गरिएको अध्यक्ष लामिछानेले बताए । उनका अनुसार अनुदान वितरण प्रक्रिया प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरित कृषि विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०८० अनुसार गरिने छ । 

आयआर्जनमा विकास गर्ने लक्ष्यसहित बगर खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइएको अध्यक्ष लामिछानेले बताए । “हेटौँडा बजारबाट गाउँमा आउने दैनिक उपभोग्य सामग्री न्यूनीकरण गर्दै जान्छौँ । अब विस्तारै गाउँबाट सहरमा तरकारी पठाउने लक्ष्यका साथ काम गरेका छौँ”, उनले भने । 

हिउँदमा खेर गइरहेको बगरको जग्गामा तरबुजा, काँक्रो, लौका र फलफुलका बिरुवा लगाउन सके बगरको जग्गा उपयोग पनि हुने र त्यहाँबाट उत्पादन भएको तरकारी फलफूलमार्फत किसानलाई आयआर्जन पनि हुने लामिछानेले बताए । बकैया गाँउपालिकाका १२ वटा वडामा अनुमानित १५ प्रतिशत जग्गा नदी उकास क्षेत्रअन्तर्गत पर्ने उनले जानकारी दिए । बगर खेतीलाई प्रोत्साहन गर्न गाँउपालिकाले अनुदान दिने भएपछि किसान उत्साहित भएका छन् ।
  (रासस)

सम्बन्धित समाचार

  • कोरियाबाट फर्केर कृषि पेशामा

    भोजपुर- कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक

  • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

    गुल्मी- सत्यवति गाउँपालिका८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको

  • Nepal at high risk of disaster: Agriculture Minister

    Kathmandu-Minister for Agriculture and Livestock Development Ramnath Adhikari has said that Nepal was at high

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend