साउनमै खडेरीले धान सुक्यो


साथसाथै न्युज
५, साउन २०८०
साउनमै खडेरीले धान सुक्यो

बाँके- बाँकेमा पर्याप्त वर्षा नहुँदा खेतमा रोपेको धान सुक्न थालेपछि किसान चिन्तित भएका छन्।

'मोटरबाट पानी तानेर जसोतसो रोपेको धान पानी नपरेपछि सुक्दै गएको छ, अझै केही दिन पानी नपरे धान बचाउन गाह्रो हुनेछ,' जानकी गाउँपालिका–१ जोगागाउँकी किसान सरिता जोशीले भने, 'वर्षभरी खाने धान सुक्दै जाँदा मनमा चिन्ता बढ्दै गएको छ।'

जानकी–१ की महिला स्वास्थ्य स्वयम्सेविकासमेत रहेकी जोशीले खडेरीले गाउँका किसानको रोपेको धान खेतमै सुकेको र रोप्ने तयारी भएको बीउ ब्याडमै सुक्न थालेको बताए। पानीको अभावमा धान रोपेको खेत फाट्दै जाँदा किसान चिन्तित भएका छन्। बाँकेमा दुई सातादेखि पानी पर्न सकेको छैन। खडेरीले बाँकेको कृषिमा नराम्रो असर पर्दै गएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख शकिल अहमदले जानकारी दिए। 

उनले यसपटक पर्याप्त वर्षा नभएकाले बाँकेमा अहिलेसम्म सबैतिर रोपाइँ हुन नसकेको बताए। उनका अनुसार बाँकेमा हालसम्म ७० प्रतिशत रोपाइँ भएको छ। अधिकांश सिक्टा सिँचाइको नहर भएको ठाउँ वरिपरि र कृषि ज्ञान केन्द्रको अनुदानबाट सिँचाइ भएको क्षेत्रमा मात्रै रोपाइँ गरिएको छ। 

हालसम्म सबैभन्दा बढी बैजनाथ, डुडुवा, खजुरा र राप्तीसोनारी गाउँपालिकामा रोपाइँ भएको तथा सबैभन्दा कम नरैनापुर गाउँपालिकामा रोपाइँ भएको छ। बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा धान खेती हुने गर्दछ। 

अधिकांश ठाउँमा आकाशे पानीकै भर पर्नुपर्ने भएकाले धानखेती समयमा हुनसकेको छैन। पछिल्ला वर्ष बाँकेका किसान समयमा पानी नपर्दा उत्पादन घट्ने, पानी परेर समयमै रोपे पनि पछि बाढीले क्षति पुर्‍याउने, मल अभाव लगायतका समस्यामा पर्दै आएको अखिल नेपाल किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताए। 

'सिक्टा सिँचाइ आयोजनाले पश्चिमी र पूर्वी मूल नहरमा पानी छाडेकाले कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा र राप्ती सोनारी गाउँपालिकाका केही भेगका किसानले खेतमा सिँचाइ गर्न पाएका छन्', केसीले भने, 'सिक्टा नहर पूर्णरुपमा सञ्चालन नभएका कारण अधिकांश किसान आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ।'

सम्बन्धित समाचार

  • कोरियाबाट फर्केर कृषि पेशामा

    भोजपुर- कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक

  • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

    गुल्मी- सत्यवति गाउँपालिका८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको

  • Nepal at high risk of disaster: Agriculture Minister

    Kathmandu-Minister for Agriculture and Livestock Development Ramnath Adhikari has said that Nepal was at high

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend