मङ्गोलियामा प्रतिकूल मौसमका कारण अनलाइन पठनपाठन


२, पुस २०८०
मङ्गोलियामा प्रतिकूल मौसमका कारण अनलाइन पठनपाठन

काठमाडौं - मङ्गोलियाले प्रतिकूल मौसमका कारण अनलाइन पठनपाठन शुरु गर्ने भएको छ । शिक्षा तथा विज्ञान मन्त्रालयले सोमबार जनाए अनुसार जाडो मौसम र फ्लुको उच्च प्रकोपका कारण, पहिलोदेखि पाँचौं कक्षाका सबै विद्यार्थीहरूका लागि सोमबारदेखि दुई हप्ताससम्म अनलाइन कक्षा सञ्चालन गरिने छ।

साथै, ६ कक्षादेखि बाह्रसम्मका विद्यार्थीहरूका लागि डिसेम्बर २५ देखि जाडो बिदाको शुरुवातसम्म चल्ने अनलाइन कक्षाहरू एक हप्तासम्म चल्ने छ। गत हप्ताको शुरुदेखि रूसको साइबेरियाबाट शुरु भएको कडा चिसो फ्रन्टले मङ्गोलियाका व्यापक क्षेत्रहरूमा फैलिरहेको छ जसले तापमान घटेको छ भने कडा हावा र हिमपात ल्याएको छ।

देशभरका अस्पतालहरूमा, विशेष गरी विश्वको सबैभन्दा चिसो राजधानी शहर र देशको झन्डै आधा बाल जनसङ्ख्याको रहेको उलान बातोरको राजधानीमा बालबालिकाका वार्डहरूमा मौसमी फ्लुको प्रकोपमा उल्लेखनीय वृद्धिका कारण भीडभाड बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मङ्गोलियामा जाडोमा माइनस २५ डिग्री सेल्सियसको तापक्रम सामान्य मानिन्छ ।

सम्बन्धित समाचार

  • चक्रवात ‘अर्णव’को प्रभावले बिग्रिँदै मौसम, हिमाली पर्यटनमा जोखिम

    काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात अर्णवको प्रभाव नेपालमा देखिन थालेसँगै वर्षा र हिमपातको सम्भावना

  • बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तरपश्चिमतर्फ सर्दै, नेपालमा वर्षाको सम्भावना

    काठमाडौं अण्डमान सागर आसपास विकसित भई हाल बंगालको खाडीको पूर्वमध्य भागमा रहेको न्यूनचापीय प्रणाली

  • आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

    काठमाडौँ- हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend