वातावरणलाई असर पुर्‍याउने उद्योगी-व्यवसायीलाई विकास बैंकले हरित कर्जा सुविधा नदिने


४, साउन २०८०
वातावरणलाई असर पुर्‍याउने उद्योगी-व्यवसायीलाई विकास बैंकले हरित कर्जा सुविधा नदिने

काठमाडौं- विकास बैंकहरूले अब दिगो विकासमा केन्द्रित भएर लगानी गर्ने भएको छ। सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका हुन्। एसोसियशनकाअनुसार कार्वन उत्सर्जन गर्ने र जलवायु परिवर्तनलाई असर गर्ने कुनै पनि उद्योग/व्यवसायीले हरित कर्जा सुविधा लिन पाउने छैनन्।

डेभलपमेण्ट बैंकर्स एसोसियशन नेपालको बुधबार बसेको कार्य समिति बैठकले दिगो विकासका लागि विभिनन ९ शीर्षकमा लगानी गर्ने निर्णय गरेको हो। जसअन्तर्गत कृषिजन्य उद्यम, वनजन्य उद्यम, जल ऊर्जा, सौर्य ऊर्जा, जैविक ऊर्जा, वायु ऊर्जा, केवलकार/रोपवे, विद्युतीय सवारी साधन र फोहोर पानी प्रशोधन गर्ने उद्यमलगायतमा विकास बैंकको कारोबार केन्द्रित हुने भएको छ। 

एसोसियशनकाअनुसार बैंक तथा वित्तीय संस्थाहरूको लगानी तुलनात्मकरूपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दिगो विकासमा टेवा दिने क्षेत्रमा कर्जा बढाउने उद्देश्यले ‘हरित कर्जा योजना’ ल्याउन खोजेका हौं। हरित कर्जा योजनामा गरिने लगानीका लागि विस्तारै स्रोतको सुनिश्चतता पनि गर्दै जाने उद्देश्यले ‘हरित निक्षेप योजना’ पनि ल्याइने भएको छ।

‘हरित निक्षेप योजना’ मा अन्य बचत र मुद्धति निक्षेपमा भन्दा ०.२५ प्रतिशत अंकले बढी व्याज प्रदान गर्ने र ‘हरित कर्जा योजना’मा अन्य सोही प्रकृतिको कर्जा योजनामा  भन्दा शून्य दशमलव पच्चिस प्रतिशत अंकले कम व्याजमा कर्जा प्रवाह गर्नेगरी कर्जा योजनाको प्रडक्टपेपर विकास गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ।
 
सदस्य बैंकहरूले अब बैंकको व्यवसायिक रणनीतिअनुसार अझ बढी सुविधा दिनेगरी प्रडक्ट पेपरलाई विकास गर्नसक्ने निर्णय पनि एसोसियशनले गरेको छ। यसअनुसार अब सबै विकास बैंकका सञ्चालक समितिबाट प्रडक्टपेपर स्वीकृत गराई ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ बजारमा ल्याउनका लागि एसोसियशनले आफ्ना सदस्य बैंकहरूलाई परिपत्र जारी गरिसकेको एसोशिएशनले जानकारी दिएको छ। 

सम्बन्धित समाचार

  • आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै

    काठमाडौँ- आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व नाराका

  • वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

    काठमाडौँ- चीन भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग चीनको राष्ट्रिय वन तथा घाँसेमैदान

  • जलवायु परिवर्तन र अव्यवस्थित दोहन, पानी सङ्कटको कारक बन्दै

    रमेश लम्साल/रासस काठमाडौँ- नेपालमा रहेका नदीनालामा वार्षिक रूपमा दुई सय २५ अर्ब घनमिटर पानी उपलब्ध हुने

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend