औद्योगिक राष्ट्रहरुको लापरबाहीका कारण नेपालले क्षति व्यहोरिरहेको छ : उर्जामन्त्री बस्‍नेत 


१८, मंसिर २०८०
औद्योगिक राष्ट्रहरुको लापरबाहीका कारण नेपालले क्षति व्यहोरिरहेको छ : उर्जामन्त्री बस्‍नेत 

यूएई (दुबई) - उर्जा, जलस्रोत तथा सिचाईंमन्त्री शक्तिबहादुर बस्‍नेतले औद्योगिक राष्ट्रहरुका कारण विश्‍वव्यापी तापक्रम तीब्ररुपमा वृद्धि भइरहेको उल्लेख गर्दै‌ यसबाट उत्पन्न जलवायु परिवर्तनले नेपालले ठूलो क्षति व्यहोहोर्नु परेको बताएका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भइरहेको जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा साथसाथै संस्थाले आज नेपालको पेभिलियनमा आयोजना गरेको कार्यक्रममा बोल्दैं औद्योगिक राष्ट्रहरुले उत्सर्जन गरेको कार्बनका कारण नेपालजस्ता कार्बन उत्सर्जनमा न्युन योगदान भएका मुलुकहरुले बढी क्षति व्यहोर्नु परेको उल्लेख गरेका छन् ।

61296150-31c3-4f2d-9229-c8dd750f6363.jpg

‘जलवायु परिवर्तन र हिमाल, महिला तथा जोखिममा रहेका समुदायमा पारेको असर’ शीर्षकमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले नेपालले जलवायु परिवर्तन न्युनिकरणका लागि गरेको आफ्नो प्रतिबद्धतालाई पूरा गर्नेतर्फ अग्रसर रहेको बताए । विकसित मुलुकहरुले आफूले गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने उनको भनाई रहेकाे थियो ।

मन्त्री बस्‍नेतले भने, ’जलवायु परिवर्तनको जोखिममा नेपाल जस्तो भौगोलिक जटिलता रहेको मुलुक छ भने त्यसमा पनि महिला, बालबालिका, अशक्त र सीमान्तकृत समुदाय बढी जोखिममा परेका छन् । हामीले आफ्ना प्रतिबद्धताहरु पूरा गरिरहेका छौं । तर, औद्योगिक राष्ट्रहरुले कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता पूरा गर्नुपर्दछ ।’

566fe097-c489-459c-813d-4df42bc9f22c.jpg

उनले नेपालले जलवायु परिवर्तन न्यूनिकरणका लागि कार्बन उत्सर्जन कम गर्न स्वच्छ उर्जाका क्षेत्रका विभिन्न कामहरु गरिरहेको जानकारी गराउँदै भने, ‘बढी जोखिममा रहेका महिला, बालबालिकाका साथै सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर समावेशी समाज निर्माणमा नेपाल सरकारले काम गरिरहेको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विकास व्यवस्थापन तथा जलवायु सल्लाहकार डा. पपुलर जेन्टलले जलवायु परिवर्तनका कारण महिला बढी जोखिममा रहेको उल्लेख गर्दै सामाजिक जिम्मेवारीका कारण महिलाले थप जोखिम भोग्नुपरेको बताएका छन् । साथै उनले जलवायु परिवर्तन न्यूनिकरणका लागि प्राप्त हुने अनुदान र सहयोग त्यस्ता जोखिममा रहेका समुदायको उत्थान र सिपमा प्राथमिकता दिनेगरी नीति निर्माणमा लाग्न जोड दिएका छन् ।

8eb2cd38-c75a-40dc-9774-9ff695cdc1a2.jpg

कार्यक्रममा साथसाथैका अध्यक्ष प्रजिता कार्कीले जलवायु न्यायका लागि हिमाल र महिलाको विषयलाई केन्द्रमा राख्‍नुपर्ने उल्लेख गर्दै भनिन् , ’महिला तथा जोखिममा रहेका समुदायलाई केन्द्रमा राखेर मात्रै जलवायु न्याय प्राप्त गर्न सकिन्छ । जलवायु परिवर्तनले नेपालका हिमालहरुको हिउँ पग्लिने क्रम तीव्र बढेको छ । यसले जलवायुजन्य विपद्‌ सिर्जना गरेको छ । जसको प्रत्यक्ष मारमा महिला, बालबालिका, अपांगता भएका व्यक्ति तथा सीमान्तकृत समुदाय परेका छन् । उनीहरुको न्यायका लागि सरोकारवाला सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्दछ ।’

5a1b3fc9-390e-4f46-9c4a-a41434beaf52.jpg

महिला तथा जलवायु अनुकूलन विज्ञ डा. राधा वाग्लेले ग्रामिण र सीमान्तकृत समुदायका महिलाहरु उच्च जोखिममा रहेको बताएकि छिन् । जलवायु परिवर्तनका कारण महिलाहरु जोखिममा रहेको भनेर मात्र नहुने उल्लेख गर्दै उनले महिलाहरुलाई अवसरहरु प्रदान गर्नुका साथै जलवायु अनुकूलनका कार्यक्रमहरुलाई अघि बढाउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘महिलाहरुलाई जोखिममा रहेको भनेर मात्र हुँदैन । अब उनीहरुलाई रोजगारी र सिप तथा व्यापार, व्यवसायमा अघि बढाउनु पर्दछ । जलवायु अनुकूलनका कार्यक्रमलाई तीव्रता दिनुपर्छ ।’

ग्रिन क्लाइमेट फण्ड-एडेप्टेसन फण्डका समिति अध्यक्ष क्लाउडिया गोडफ्रे रुइजले प्रत्यक्ष पहुँच स्थापित हुने गरी काम गर्नुपर्ने बताए । उनले भने, ‘हरित जलवायु वित्त र अन्य वित्तहरुलाई स्थानीय र बढी जोखिममा रहेको समुदायमा पु-याउनुपर्छ । यसरी प्रत्यक्ष पहुँच स्थापित गर्न सक्यौं भने मात्रै हामीले जलवायु न्याय स्थापित गर्न सक्छौं ।’

8e887ddc-5043-40fb-8445-a581ff8390e2.jpg

सम्बन्धित समाचार

  • 'जलवायु परिवर्तनको असर ढोकामै पुगिसकेको छ, सबै क्षेत्र गम्भीर बनौं'

    काठमाडौं- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप २८) बाट प्राप्त भएका उपलब्धी र नेपालले आगामी

  • ‘जलवायुका असरको क्षतिपूर्ति प्राप्त गर्न आन्तरिक तयारी आवश्यक छ’

    काठमाडौँ- विश्वको कूल हरित गृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका नगन्य (०.०५ प्रतिशतभन्दा कम) रहेको छ

  • जलवायु परिवर्तन न्युनिकरणका लागि जीवाष्म इन्धन युग 'अन्त्य' को सुरुवात

    काठमाडौं- जीवाष्म इन्धन युग अन्तको सुरुवात गर्ने सहमति गर्दै संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलन

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend