काठमाडौं- कोप-२८को पुर्वसंध्यामा बागमती प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता विशाल खड्काद्वारा लिखित ‘पर्यावरणीय सङ्कट: आठ अर्ब मानिसको साझा चुनौती’ नामक पुस्तक शनिबार विमोचन हुँदैछ ।
विश्व तथा नेपालमा देखा परेको पर्यावरणीय संकट र जलवायु परिवर्तनले निम्त्याएका चुनौतीबारे पुस्तकमा चर्चा गरिएको छ ।
मंसिर ९ गते शनिबार प्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्ड'ले बालुवाटरमा पुस्तक विमोचन गर्ने कार्यक्रम रहेको छ । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज समेत रहेका खड्काले विमोचन कार्यक्रम शनिबार दिउँसो २ बजे हुने जानकारी दिए ।
पर्यावरणको मुद्दालाई राजनितिक दलहरुले किन अगाडी सार्नु पर्छ, नेपाल जस्ता देशहरुले क्षतिपुर्तीको दाबी किन गर्नुपर्छ तथा यसको अर्थराजनीति के हो भन्नेबारे पुस्तकमा विचारोत्तोजक मत अगाडी सारिएको छ ।