वन मासेर बनेको बस्तीमा 'रोग सार्ने पशुपक्षी फैलिन्छन्'


साथसाथै न्युज
७, साउन २०८०
वन मासेर बनेको बस्तीमा 'रोग सार्ने पशुपक्षी फैलिन्छन्'

काठमाडौं- वनजङ्गल भएको क्षेत्रलाई खेतबारी र सहर बनाउँदा पशुबाट विभिन्न रोग मानिसमा सर्ने सम्भावना बढेको वैज्ञानिकहरूले बताएका छन्।

एउटा अध्ययनका अनुसार प्राकृतिक प्रदेशमा मानिसले गरेको परिवर्तनका कारण गर्दा धेरै वन्यजीवहरू विस्थापित हुने भए पनि रोग बोक्न सक्ने प्रजातिहरूलाई त्यो फाप्न सक्छ।

यो अध्ययनले प्रकृतिको दोहनका कारण महामारी बढ्ने मान्यतालाई पुष्टि गर्ने प्रमाण थपेको छ। चारवटा नयाँ रोगमध्ये तीनवटा पशुपक्षीबाट आएको वैज्ञानिकहरूको अनुमान छ।

मानिसहरूले स्थानको स्वरूप परिवर्तन गरिँदिँदा सङ्क्रामक रोग फैलाउन सक्ने प्रजातिलाई आफू फैलिन सहज भएको यो अध्ययनले देखाएको छ।

वन्यजीवको प्राकृतिक वासस्थानलाई खेतबारी, चरन र बस्ती बनाउँदा मानिसहरूले थाहा नपाईकनै रोग लगाउने कीटाणुहरू आफूमा सर्ने सम्भावना बढाएका हुन्छन्।

'हाम्रो अध्ययनले मानवको बढी प्रभाव भएको वातावरणमा बस्ने जीवले सङ्क्रामक रोग बोक्न सक्ने र मानिसलाई बिरामी पार्न सक्ने देखाएको छ,' यूनिर्सिटी कलेज लन्डन (यूसीएल) का रोरी गिबले भने।

वनजङ्गल, घाँसेमैदान र मरुभूमिलाई सहर वा खेत बनाउँदा धेरै वन्यजीवहरू लोप भएका छन्। मानिसले पृथ्वीको आधाभन्दा बढी बस्नयोग्य भूमिमा परिवर्तन गरेका छन्।

लामो आयु भएका र विशेष वासस्थान चाहिने गैँडाजस्ता जीवको तुलनामा छोटो आयु भएका र जहाँ पनि पाइने मुसा र परेवाजस्ता पशुपक्षी मौलाएका छन्।

अन्य वन्यजीव मासिए पनि धेरै किसिमका विषाणु बोक्न सक्ने मुसा र लोखर्के जातका जीवहरू सहरमा मौलाउँछन्। यो नयाँ प्रमाण झन्डै ७,००० वटा प्रजातिबारे गरिएका १८४ वटा अध्ययनबाट सङ्कलित तथ्याङ्कको विश्लेषण गरेर निकालिएको हो। ती प्रजातिमध्ये ३७६ वटाले मानिसमा रोग लगाउने जीवाणु सार्ने गरेका छन्।

रोग लगाउने जीवाणु अन्य जीवबाट मानिसमा सर्ने प्रक्रियालाई वैज्ञानिकहरुले ‘स्पिलओभर’ भन्ने गरेका छन्। त्यसका लागि विभिन्न कारकहरूको भूमिका हुन्छ। केही जीवाणुहरूले महामारी गराउँछन्। तीमध्ये केही महामारी विश्वव्यापी बन्छन्।

वन्यजीवको सिकार, तस्करी वा वासस्थानको विनाशले हुने संसर्गका कारण नयाँ रोगको जोखिम बढ्ने कुरा हामीलाई थाहा छ।

 

सम्बन्धित समाचार

  • जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता

    जुम्ला, ४ असारः जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात्

  • नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख

    गण्डकी- नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको छ। पोखरा पन्छी समाजका अध्यक्ष एवं चराविज्ञ

  • पुरैनी तालमा चराको सङ्ख्या घट्यो

    कञ्चनपुर- बेलौरी नगरपालिका ६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै गएको

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend