चितवन राष्ट्रिय निकुञ्‍जमा बाघ राख्‍न ठाउँ अभाव, बर्दिया पठाइयो


साथसाथै न्युज
२८, भदौ २०८०
चितवन राष्ट्रिय निकुञ्‍जमा बाघ राख्‍न ठाउँ अभाव, बर्दिया पठाइयो

चितवन- चितवन राष्ट्रिय निकुञ्‍ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्‍ने ठाउँ अभाव भएको छ। ठाउँ अभाव भएपछि बाघ बर्दिया पठाइएको छ। नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुई  बाघमध्ये एउटालाई बुधबार साँझ बर्दिया पठाइएको हो।
 
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासीको अमलटारी क्षेत्रमा बस्तीमा बाघ आउन थालेपछि नियन्त्रणमा लिइएको हो। एउटा बच्चा बस्तीमा आएर बस्न थालेको थियो भने अर्को बाघले गाईभैँसी खान थालेपछि स्थानीयको आग्रहमा नियन्त्रणमा लिइएको हो।
 
बाघलाई मंगलबार नियन्त्रणमा लिएर कसरा ल्याइएको थियो। अन्दाजी १० वर्षको भाले बाघलाई बुधबार साँझ बर्दिया पठाइएको उनले जानकारी दिए। यो बाघ केही समय यता बस्ती छिरेर घरपालुवा जनावर खाँदै आएको थियो। राख्ने ठाउँ नभएकै कारण बर्दिया पठाइएको हो।
 
अर्काे अन्दाजी सात महिनाको पोथी बाघलाई कसरामा रहेको काठको खोरमा राखिएको छ। कच्ची भएकाले ठूलो बाघ राख्न खोर उपयुक्त छैन। सानो भएकाले तत्कालका लागि सो खोरमा राखिएको उहाँले जानकारी दिए।
 
यो बाघ केही समयदेखि नवलपरासीको अमलटारीस्थित बस्ती क्षेत्रमा आएर बस्ने गरेको थियो। हाल कसरामा सानोसहित चार बाघ छन्। तीमध्ये एउटा चार वर्षअघि बाँकेमा हिंस्रक बनेर मान्छेको सिकार गर्न थालेपछि नियन्त्रणमा लिएर यहाँ ल्याइएको हो। सो भाले बाघ अन्दाजी १० वर्षको छ। गत वर्ष चितवनकै माडीमा  आक्रमण गरी मान्छे मारेपछि अन्दाजी १३ वर्षको पोथी बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको छ। अर्को देवनगरबाट तीन वर्षअघि ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ।
 
तीनवटै बाघलाई कसरामा पक्की खोरमा राखिएको छ। सौराहामा खोरमा दुई बाघ रहेका छन्। तीमध्ये एउटा गत साउनमा खैरहनीबाट नियन्त्रणमा लिएर खोरमा राखिएको छ। उक्त भाले बाघ अन्दाजी चार वर्षको हो। अर्को गत वर्ष मेघौलीबाट ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ।
 
तिवारीले अहिले चितवनमा छ बाघ खोरमा रहेको बताए। निकुञ्जको वरिपरि बस्ती भएकाले जुनसुकै बेला थप बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आउने भए पनि ठाउँको अभाव भएको उनले बताए। पछिल्लो समय भरतपुर भ्रमण वर्ष पारेर निकुञ्ज नजिकै देवनगरमा खुला खोर निर्माण गरी सर्वसाधारणले हेर्न मिल्ने गरी बाघ राख्ने तयारी गरिएको छ। 

तिवारीले सर्वसाधारणका लागि खुला गर्नसके बाघबाट आर्थिक उपार्जन गरी उनीहरुको पालनपोषण गर्नसकेमा आर्थिक भार नपर्ने बताए। सन् २०२४ साललाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउन लागिएको छ।

सम्बन्धित समाचार

  • सप्तकोशीमा डल्फिन गणना

    इटहरी (सुनसरी)- कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु गरेको छ

  • कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा

    बेलबारी (मोरङ)- कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र

  • शुक्लाफाँटामा बाघ बढे

    दोधारा चाँदनी- महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend