हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ खेतीपाती र कृषिका लागि अब ‘दुर्गम’ रहेन


१९, भदौ २०८१
हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ खेतीपाती र कृषिका लागि अब ‘दुर्गम’ रहेन

काठमाडौं -  कृषि पकेट क्षेत्र तोकिएका अन्य भेगझैं व्यवसायिकरूपमा धेरैथरी अन्न र कृषि उपज उत्पादन हुन थालेपछि लमजुङहुँदै अन्यत्र पनि निर्यात हुन थालेको छ । 

२ हजार ७ सय मिटर उचाइको सदरमुकाम चामे मात्रै होइन ३ हजार ५ सय ४० मिटर उचाइको मनाङ ङिस्याङ गाउँपालिकामा बन्दाकोपी, गाँजर, मुला, टमाटर, रायोजस्ता बेमौसमी तरकारी खेती सफल भएपछि आन्तरिक खपतसँगै निर्यात र आयात प्रतिस्थापन सम्भव हुन थालेको कृषि ज्ञान केन्द्रका अधिकारी बताउँछन्। 

मनाङका चारवटै पालिकामा एक दशकयता टनेल खेतीको अभ्यास हुँदै आएको छ । यसले किसान र स्थानीय बासिन्दालाई उत्साही बनाएको छ भने अर्कोतर्फ चिन्ता पनि बढाएको छ । विश्वव्यापी तापक्रम बृद्धिको प्रभावले हिमपात कम भएर रैथाने बालीनाली लोप हुनसक्ने तथा स्वाद र गुणस्तर खस्किनसक्ने किसानको चिन्ता छ। 

नासोँ गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङ भन्छन्, ‘अहिले त स्याऊ मात्रै ३ र ४ थरी फल्न थालेको छ, पहिला जस्तो हिउँ पर्दैन, पानी र गर्मी अलि बढ्न थालेको छ । यस्तो हुँदा स्याउसहित अरु बालीको स्वाद पनि फेरिँदै गएको छ ।’ आलुको स्वाद नै पहिलेको जस्तो नरहेको उनको अनुभव छ। 

स्याउ, मकै, भटमास, आलु, जौ, उवा, करु, फापर, राजमा, गहु, कोलो (सिमी) जस्ता कृषि उपज मनाङका रैथाने बालीनाली हुन् । समय अगावै फूलफूल र अन्नबाली पाक्न थालेको अनुभव स्थानीयबासिन्दाले अनुभव गर्न थालेका छन् । मनाङका धेरैजसो किसान परम्परागत खेतीपाती छाड्दै व्यावसायिक स्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन्। 

रैथाने बाली हराउँदै जाने र गुणस्तर खस्किने चिन्ता बढ्न थालेसँगै कृषि ज्ञान केन्द्रले अनुदानसहितका सचेतना कार्यक्रम प्राथमिकतामा राखेको केन्द्र प्रमुख मदन रेग्मी बताउँछन् । जलवायु परिवर्तनको प्रभावले बालीनालीको उत्पादन र गुणस्तरमा प्रभाव पारिरहेको बताउँदै उनले भने, ‘रैथाने बालीको बिउ जोगाउन, परम्परागत खेतीलाई प्रोत्साहन गर्न हामी स्थानीय तहसँगको सहकार्यमा जुटेका छौ ।’

सन्दर्भ मनाङको मात्रै होइन, विश्वव्यापी तापमान बृद्धिको प्रभावले मौसम प्रभावित बन्दा नेपालका अन्य भेगमा पनि बोटबिरुवा र फलफूलको बाली चक्र फेरिँदै गएको छ । प्रायः बाह्रै महिना सेताम्य हुने हिमाल केही वर्षयता मध्य हिउँदमा पनि मुस्किलले हिउँले ढाक्ने गरेको देख्न थालिएको छ । फागुनपछि मात्रै फुल्ने गुराँस मंसिररपुसमै फूलेका खबर अधिकांश नेपालीका लागि नौलो हुन छाडेको छ । विगतमा आँपका बोटमात्रै देखिने काठमाडौं उपत्यका आँप फल्न थालेको छ। 

गर्मी भेगमा मात्रै रम्ने फलफूल चिसो मानिने काठमाडौँसहितका ठाउँमा फल्न थालेपछि आफ्नो क्षेत्रमा व्यवसायिक खेतीको जानकारी लिन र अन्यत्र मात्रै हुने फलका बिरुवाबारे बुझ्न र लिन काठमाडौंको कीर्तिपुरस्थित राष्ट्रिय फलफूल विकास केन्द्र (बागवानी केन्द्र) पुग्नेहरू बढेका छन्। 

मौसम परिवर्तनले कतिपय पुराना बालीको उत्पादकत्व घट्न थालेको अनुभव सुनाउने आगन्तुकहरूले विकल्प खोज्दै आफ्ना भेगमा नयाँ फलरबिरुवातर्फ चासो लिने गरेको केन्द्रकी वागवानी विकास अधिकृत शोभा शर्माले बताइन् । ‘विगतमा स्याउ राम्रोसँग नफलेका ठाउँमा तापक्रम अनुकूल हुँदा फल राम्रो लाग्न थालेपछि स्याउका बिरुवाको माग बढ्न थालेको छ’ शर्माले भनिन्।

सम्बन्धित समाचार

  • कोरियाबाट फर्केर कृषि पेशामा

    भोजपुर- कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक

  • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

    गुल्मी- सत्यवति गाउँपालिका८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको

  • Nepal at high risk of disaster: Agriculture Minister

    Kathmandu-Minister for Agriculture and Livestock Development Ramnath Adhikari has said that Nepal was at high

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend