💚कृतबहादुर बिष्ट
धनगढी- धनगढीको लल्लिपुरबाट सशस्त्र प्रहरी विस्थापित भएको छ सिमा सुरक्षा गर्ने उदेश्यले सशस्त्र प्रहरी बल नेपाल सिमा क्षेत्रमा स्थापनाभएको भएपनि बाढीका कारण अहिले सोही क्षेत्रबाट बिस्थापित हुनु परेको छ।
कैलालीको धनगढी उपमहानगरपालिका १९ स्थित सीमामा तैनाथ शसस्त्र प्रहरी विस्थापित भएको छ। मोहन नदीमा आएको बाढीका कारण सशस्त्र प्रहरी बल नेपाल बिओपि लल्लिपुर विस्थापित भएको हो।
बिओपिमा लल्लिपुरमा सशस्त्र प्रहरी नायब निरीक्षक यज्ञराज भट्टराईको कमान्डमा कार्यरत टोली विस्थापित हो। विस्थापित सशस्त्र प्रहरी स्थानीय सामुदायिक भवनमा बस्दै आएको ।
सिमा सुरक्षा गर्ने उद्देश्यले २०७८ साउन १८ गते स्थापना भएको बिओपि लल्लीपुर गत असार २४ गते बिस्थापित भएको हो। मोहना नदीको बाढीका कारण बिओपिको भवन बगउन थालेका कारण बिओपि विस्थापित हुनुपरेको हो । बढीले प्रतीक्षालय , सेन्ट्रीपोष्ट र आँगन बगाई सकेको छ।
बाढीका कारण करिब ३ करोडको नोक्सान हुन थालेको बिओपि ईन्जार्ज यज्ञराज भट्टराईले बताए। बिओपि लल्लिपुरबाट करिब तीन किलोमिटिर टाढाबाट सशस्त्र प्रहरीले सिमा क्षेत्रको गस्ती गरिरहेको छ।
बिओपि भवन बाढीका कारण जोखिममा परेपछि स्थानीयहरु नयाँ विकल्पको खोजी समेत गर्न थालेका छन्। नदीले नबगाउने क्षेत्रमा जमिन खोजेर बिओपि स्थापनाको पहल गरिने धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष बाधुराम चौधरीले बताए। सरोकारवाला निकायसँग पटकपटक तटबन्धनको लागि माग गर्दा समेत कसैले सुनवाई नगरेको कारण जोखिम ब्यहोर्नु पर्नेको अध्यक्ष चौधरीको भनाई छ।
उनले भने, “ सरोकारवाला निकायले ध्यान दिएन हामीले श्रमदान गरेर बोरामा बालुवा हालेर नदी रोक्ने प्रयास गरेपनि सफल भईएन् , बिओपि बचाउन सकिएन्।”
मोहना नदी किनारमा रहेको नेपाल भारतको सात किलोमिटर सिमा रक्षा गर्न स्थापना भएको बिओपि लल्लीपुर स्थापना भएपछि सिमा क्षेत्रमा चोरी तस्करी समेत नियन्त्रणमा आएको स्थानीयको भनाई छ। यस अघि सो क्षेत्रबाट दैनिक जसो भारतिय सिमा क्षेत्रबाट नेपालीहरूको घरबाट चोरी हुने गरेको थियो।
जिल्लाको एक सय पाँच किलोमिटर नेपाल भारत सिमा क्षेत्रमा १९ स्थानमा सशस्त्र प्रहरी युनिट प्रहरी कार्यरत रहेको छ। सिमा क्षेत्रमा रहेका युनिट मध्य अन्य छ ओटा युनिट समेत डुबानको समस्यामा रहेको सशस्त्र प्रहरी बल नेपालका कैलाली प्रमुख एसपी दलबहादुर पाण्डेले दिए। बिओपि लल्लिपुरको हकमा भने अन्य बैकल्पिक ब्यबस्था गरेने समेत एसपी पाण्डेको भनाई छ।