लालीगुराँस हेर्न लाप्राकमा पर्यटक


साथसाथै न्युज
२, वैशाख २०८१
लालीगुराँस हेर्न लाप्राकमा पर्यटक

गोरखा-  पाखाभरी ढकमक्क लागीगुँरास फूल्न थालेपछि लाप्राकमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । धार्चे गाउँपालिका–४ मा पर्ने लाप्राकका डाँडा यतिबेला लालीगुँरासले भएिको छ। 

“लालिगुराँस फुल्न थालेपछि अघिपछि भन्दा यो याममा धेरै पर्यटक लाप्राक आउनेजाने क्रम बढेको छ”, वडाध्यक्ष किसान गुरुङले भने, “डाँडाभरी विभिन्न रङका लालीगुराँसका फुलेपछि यस क्षेत्रको थप सुन्दर बनेको छ।” हिउँ परेका बेलामा पनि पर्यटक आउने गरेको भन्दै उहाँले यसपटक लालीगुँरास हेर्न आउनेको भीड बढेको बताएका छन्।

लाप्राकमा पर्यटक बढ्न थालेपछि होटल व्यवसायीसमेत खुसी भएका छन्। लाप्राककी होटल व्यवसायी स्नेह गुरुङले लालीगुराँस फुलेको हेर्न आउने पर्यटकले लाप्राकका अधिकांश होटल भरिभराउ भएको बताए।

भूकम्पपछि लाप्राकको पुरानो बस्तीलाई स्थानान्तरण गर्नका लागि गुप्सीपाखामा निर्माण गरेको एकीकृत नमुनाबस्ती पनि लाप्राकको अर्को आर्कषक पर्यटकीय गन्तव्य बनेको छ।

गुप्सीपाखास्थित एकीकृत नमुनाबस्तीमा रहेका एउटै मोडलका पाँच सय ७३ घर अत्यन्तै आर्कषक देखिन्छ । उक्त बस्तीमा गुप्सीपाखा सामुदायिक घरबास समेत सञ्चालनमा छ । पर्यटकको सङ्ख्या बढ्न थालेपछि घरबासमा समेत राम्रो व्यापार हुनथालेको होमस्टे सञ्चालक समितिका अध्यक्ष होमसिंह गुरुङले जानकारी दिएका छन्।

 (रासस)

सम्बन्धित समाचार

  • आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै

    काठमाडौँ- आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व नाराका

  • वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

    काठमाडौँ- चीन भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग चीनको राष्ट्रिय वन तथा घाँसेमैदान

  • जलवायु परिवर्तन र अव्यवस्थित दोहन, पानी सङ्कटको कारक बन्दै

    रमेश लम्साल/रासस काठमाडौँ- नेपालमा रहेका नदीनालामा वार्षिक रूपमा दुई सय २५ अर्ब घनमिटर पानी उपलब्ध हुने

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend