गुल्मीमा बाँदर र बँदेलले दु:ख दिएको भन्दै जंगल फडानी 


साथसाथै न्युज
१६, माघ २०८०
गुल्मीमा बाँदर र बँदेलले दु:ख दिएको भन्दै जंगल फडानी 

गुल्मी- जंगली जनावरले दुःख दिएको भन्दै गुल्मीको रेसुंगा नगरपालिका–१ तम्घासमा जंगलका रुख काटिएको छ।

बाँदर र बँदेलले दुःख दिएको भन्दै निजी जग्गामा रहेका घाँसका रुख, बाँस, सल्ला, खरी लगायतका रुख काट्नुका साथै झाडी फाँडिएको वडा कार्यालयले जनाएको छ।

तम्घासको उदिनढुंगास्थित आदर्श कोडिङ स्कुलदेखि तीनधारा हुँदै वडा नम्बर २ को सिमानासम्म्को रुख काटिएको हो। गाउँमा मान्छेको बसोबास घट्दै गएपछि झाडी बढेको, बाँदर र जंगली जनाबरबाट बाली जोगाउन समस्या परेको गुनासो बढेपछि कुकाठ र झाडी फडानी गरेको वडाध्यक्ष रामप्रसाद पन्थीले बताए।

बाँदरले बारीको खेती मात्र नभई घरमा आएर पकाएको खानासमेत खाइदिएको गुनासो आएको उनको भनाइ छ। नागरिक तहबाट व्यापक गुनासो आएपछि वडा कार्यालय र सर्वधारणको भेलाबाट झाडी फडानी गरिएको हो।

गतबर्ष वडा कार्यालयले ४५ दिन बाँदर हेरालु राखेर ३० हजार रुपैयाँ भुक्तानी दिएको थियो। त्यसबाट राम्रो प्रतिफल नआएको वडाअध्यक्ष पन्थीले बताए।

वडाभित्र रहेका कुकाठ काट्ने र झाडी फाँड्ने काम ६० प्रतिशत सकिएको वडाकार्यालले जनाएको छ। यो कामका लागि ७० हजार रुपैयाँ विनियोजन गरिएको छ।

फडानी गरेको खाली जग्गामा कागती, टिमुर, अदुवा, पिडालु, बेसार लगायतका फलफूलका विरुवा रोप्ने वडा कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

  • आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै

    काठमाडौँ- आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व नाराका

  • वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

    काठमाडौँ- चीन भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग चीनको राष्ट्रिय वन तथा घाँसेमैदान

  • जलवायु परिवर्तन र अव्यवस्थित दोहन, पानी सङ्कटको कारक बन्दै

    रमेश लम्साल/रासस काठमाडौँ- नेपालमा रहेका नदीनालामा वार्षिक रूपमा दुई सय २५ अर्ब घनमिटर पानी उपलब्ध हुने

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend