अमेरिकाको ओहायोमा भाले ठानिएको गोरिलाले बच्चा जन्मायो


साथसाथै न्युज
७, साउन २०८०
 अमेरिकाको ओहायोमा भाले ठानिएको गोरिलाले बच्चा जन्मायो

वाशिङ्टन- अमेरिकाको ओहायोस्थित एउटा चिडियाखानाका कर्मचारीहरूलाई गोरिलाले चकित बनाइदियो। उनीहरूले चार वर्षदेखि भाले ठानेको त्यो गोरिलाले बच्चा जन्माएपछि सबै अचम्ममा परे।

सन् २०१९ देखि कोलम्बस चिडियाखानामा राखिएको सली नाम दिइएको उक्त गोरिला बिहीवार बच्चासहित भेटिएको थियो।

चिडियाखानामा जनावरको रेखदेख गर्ने कर्मचारीहरूले नवजात गोरिला 'स्वस्थ देखिएको' र सलीले पनि उत्कृष्ट मातृत्व देखाइरहेको बताएका छन्।

एउटा ब्लग पोस्टमा उनीहरूले सलीको स्वास्थ्य सधैँ राम्रो भएका कारण उसलाई कहिल्यै स्वास्थ्य परीक्षण आवश्यक नभएको उल्लेख गरेका छन्। त्यही कारण उनीहरू त्यो गोरिला पोथी भएको थाहा पाउनबाट चुकेका थिए।

'माउन्टेन गोरिला' को अपान वायु

उक्त जन्म 'अप्रत्याशित थियो तर हेरचाह गर्ने टोलीका लागि उत्साहजनक पनि भयो। सङ्कटापन्न वन्यजन्तुको संरक्षणका दृष्टिले पनि यो महत्त्वपूर्ण छ,' ब्लगमा भनिएको छ।

चिडियाखाना रेखदेख गर्ने कर्मचारीहरूका अनुसार उक्त गोरिलाले बच्चालाई दूध चुसाएको देख्नुअघि उनीहरूले त्यो पोथी भएको कुनै शङ्का गरेका थिएनन्।

'वयस्क नभएका गोरिलाहरूको लिङ्ग छुट्ट्याउन कठिन हुन्छ,' उनीहरू भन्छन्।

आठ वर्षको हुँदा सली बच्चा जन्माउने उमेरमा पुगेको भए पनि अझै आफ्नो लैङ्गिक गतिविधि देखाउने उमेर नभएको उनीहरूले बताएका छन्।

'आठ वर्षको उमेर सम्म भाले र पोथीहरू उत्रै आकारका देखिन्छन् उनीहरूको देखिने गरी यौनाङ्ग पनि विकास भएको हुँदैन। विशेष गरी भालेको। भालेहरू १२ वर्ष वा त्यो भन्दा ठूलो भएपछि मात्रै पछाडिपट्टि चाँदी रङ्गको पीठ देखिन्छ।'

गोरिलाहरूको गर्भावस्थाको लक्षण समेत छुट्ट्याउन सहज छैन। उनीहरूको ठूलो पेटको कारण वा उनीहरूको बच्चा मानिसको शिशुभन्दा धेरै सानो आकारको हुने भएकाले पनि हुनसक्छ।

'अति लोपोन्मुख यो प्रजातिको अर्को एउटा जन्मबाट हामी रोमाञ्चित भएका छौँ,' चिडियाखानाले भनेको छ।

गोरिलाको बच्चा जन्माउने पहिलो चिडियाखाना

दुर्लभ गोरिलाको चिडियाघरमा जन्म भएको पहिलो घटनाका रूपमा यसलाई लिइएको छ।

उक्त चिडियाखानाले भनेको छ, 'सन् १९५६ यता ३४औँ गोरिला जन्मिँदा कोलम्बस चिडियाखाना गोरिलाको बच्चालाई स्वागत गर्ने पहिलो चिडियाखाना बनेको छ। जनावरको संरक्षण गर्ने हाम्रो महत्त्वपूर्ण कामकै एउटा पाटो यी गोरिला पनि हुन्।'

चिडियाखानाले हालै जन्मिएका बच्चाको पिता पहिचानका लागि डीएनए परीक्षण गरिने जनाएको छ। सली ३९ वर्षको म्याक नामको भालेसँगको समूहमा बस्छे। तर यो समूहमा १० वर्षका कमोली र ६ वर्षका जेजे पनि बस्छन्।

कोलम्बस चिडियाखानाले सलीको बच्चाको लिङ्गबारे भने आफूहरू निश्चित भइसकेको जनाएको छ। 'त्यो पोथी हो। हाम्रो टिमले हेरेर र उसको तस्बिर जीवविज्ञान विज्ञहरूलाई पठाएर पनि निश्चित गरेको छ,' चिडियाखानाका अधिकारीले भनेका छन्।

सम्बन्धित समाचार

  • सप्तकोशीमा डल्फिन गणना

    इटहरी (सुनसरी)- कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु गरेको छ

  • कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा

    बेलबारी (मोरङ)- कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र

  • शुक्लाफाँटामा बाघ बढे

    दोधारा चाँदनी- महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend