सीमा बस्तीका स्थानीयको दुखेसो- हात्तीबाट जोगिन गाह्रो भयो


साथसाथै न्युज
१६, पुस २०८०
सीमा बस्तीका स्थानीयको दुखेसो- हात्तीबाट जोगिन गाह्रो भयो

महेन्द्रनगर- दोधारा चाँदनी नगरपालिका-३ बडुवाल टोलका कमला सुनारले खेतबारीमा फलेको अन्न हात्तीबाट जोगाउन निकै सङ्घर्ष गर्दै छन्।  साढे दुई दशकदेखि नेपाल-भारत सीमा बस्तीमा बस्दै आएका सुनारले छोरीका लागि बनाइदिएको घरमा भत्काएर दुई बोरा धान जंगली हात्ती नगट गरेपछि कसरी छाक टार्ने भन्ने समस्याले चिन्तित छन्। 

‘छोरीले गाउँमै केही गरेर जीविका चलाउला भनेर टिन हालेर होटल खोलिदिए’, कमलाले भने, ‘होटलबाट जीविका चलाउन गाह्रो भएपछि मजदुरीका लागि भारत गएकी छोरीको घरको छानो नै हात्तीले केही दिन अघि भत्काइदियो। ’

नेपाल–भारत सीमास्तम्भ नं ८०० सय नजिक सुनारको घर छ।  भारतीय जङ्गलबाट आउने हात्तीको बथानले कमला जस्तै बस्तीका अधिकांश स्थानीय पीडित छन्।  ‘हरेक दिन राति हात्तीकै त्रासदीले अनिँदो बस्नुपरेको छ’, सुनारले भने, ‘हात्ती गाउँमा पल्किएर खेतमा मात्रै होइन घरभित्रको अन्नसमेत खान छाड्दैनन्। ’

दोधारा चाँदनी नगरपालिका–३ का वडा सदस्यसमेत रहेका बडुवाल टोलका लक्ष्मी रानाले सीमा बस्तीका स्थानीयले जंगली हात्तीबाट प्रताडित हुन थालेको १२ वर्ष बितिसकेको बताए।  

भौगोलिकरुपले विकट बडुवाल टोलको पश्चिमतर्फ भारतीय जंगल पर्छ।  जोगबुढा नदी पारीको बस्ती बडुवाल टोलबाट हात्तीकै त्रासदीले स्थानीय सीता सुनारले १८ कठ्ठा खेत नै बाँझो राखे।  ‘भारतीय जङ्गलबाट आउने हात्तीले अन्नबाली सखाप पार्न थालेपछि खेत नै खाली छोडिदिए’, उनले भने, ‘हात्ती नियन्त्रणका लागि सरकारले ठोस कदम नै चालेन। ’

प्रायःबस्तीमा हात्तीको बथान आइरहने बताउँदै उनले हात्ती धपाउन गाउँमा आगो पाल्नेदेखि होहल्ला गर्ने काम गर्नु नै आफूहरूको दैनिकी बनेको सुनारको भनाइ छ।  उता वडा सदस्य रानाले हात्तीपीडितका लागि दोधाराचाँदनी नगरपालिकाले रु दुई लाख बजेट विनियोजन गरेर राहत सामग्री वितरण गरिएको बताए। 

‘दातृ निकायबाट पनि हात्तीपीडित भनेर गाउँमा धेरै सहयोग भएको छ’, उनले भने, ‘हात्ती नियन्त्रणका लागि तारजालीको आश्वासन मिले पनि उपलब्ध भएको छैन। ’ उनले स्थानीयले खेतमा गरेको मेहनत नै हात्तीका कारण असुल हुन समस्या भइरहेको बताए। 

त्यसैगरी बडुवाल टोलमा रहेको गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ओलीले बडुवाल टोलमा स्थानीयले सीमा संरक्षणमा पहरेदारी गरे पनि नागरिकले जिउधनको रक्षामा सरकार गम्भीर नभएको बताए। 

सम्बन्धित समाचार

  • सप्तकोशीमा डल्फिन गणना

    इटहरी (सुनसरी)- कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु गरेको छ

  • कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा

    बेलबारी (मोरङ)- कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र

  • शुक्लाफाँटामा बाघ बढे

    दोधारा चाँदनी- महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend