दुबई: संयुक्त राष्ट्र संघको नेतृत्वमा संयुक्त अरब इमिरेट्स (यूएई)मा सम्पन्न २८ औं जलवायु सम्मेलन (कोप-२८) ले बुधबार जलवायु परिवर्तनमा ऐतिहासिक 'यूएई सहमति' लाई अनुमोदन गरेको छ।
ईयूसहित १९८ देशका प्रतिनिधिहरूले 'यूएई कन्सेन्सस'लाई अनुमोदन गरे - जसमा पहिलो पटक 'जीवाश्मा ईन्धन' को भाषा समावेश छ।
कोप-२८ का अध्यक्ष सुल्तान अल जाबेरले भने, 'पछिल्लो दुई हप्तामा हामीले हाम्रा मानिसहरू र हाम्रो ग्रहको लागि राम्रो भविष्य सुरक्षित गर्न कडा मेहनत गरेका छौं।'
उनले थपे, 'हामीसँग पहिलो पटक हाम्रो अन्तिम सम्झौतामा जीवाश्मा ईन्धनको भाषा छ।'
सुल्तान अल-जाबेरले यस सम्झौताले जलवायु परिवर्तनको लागि 'व्यापक मार्ग प्रशस्त' गरेको उल्लेख गर्दै विश्वव्यापी तापक्रम १.५ भन्दा कममा राख्नको लागि बलियो कार्य योजना बनाइएको उल्लेख गरेका छन्।
'हामीले सँगै मिलेर वास्तविकताको सामना गरेका छौं र हामीले संसारलाई सही दिशामा राखेका छौं,' उनी भन्छन्।
बुधबार बिहानै जारी गरिएको नयाँ ग्लोबल स्टकटेकले देशहरूलाई जीवाश्मा इन्धनबाट २०५० सम्म नेट शून्यमा पुग्न आग्रह गरेको छ। कोप-२८ प्रेसिडेन्सीले बुधबार अन्तिम जलवायु सम्झौताको प्रस्तावित पाठ जारी गरेको हो, जसले पहिलो पटक राष्ट्रहरूलाई जलवायु परिवर्तनको नराम्रो प्रभावबाट बच्न जीवाश्मा इन्धनबाट टाढा रहन सुझाएको छ।