वनमा आश्रित ५० परिवारलाई ग्यास चुलो वितरण


साथसाथै न्युज
२७, मंसिर २०८०
वनमा आश्रित ५० परिवारलाई ग्यास चुलो वितरण

चितवन- माडीको अयोध्यापुरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिमा आश्रित ५० घरधुरीलाई ग्यास चुलो वितरण गरिएको छ। माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले आज एक कार्यक्रमबीच चुलो र ग्यास हस्तान्तरण गरेका हुन्। 

राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा वनमा आश्रित विपन्न परिवारलाई चुलो हस्तान्तरण गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। वनमा आश्रितलाई वनसँगको परनिर्भरता हटाउनका लागि ग्यास र चुलो हस्तान्तरण गरिएको हो।

उनले भने, 'वनसँगको परनिर्भरता हटाउन, वन जाने समय बचत गराउन र वनमा जाँदा हुने मानवीय क्षति कम गर्नका लागि यो कार्यक्रम गरिएको हो।'

माडी नगरपालिका वडा नम्बर ८ र ९ मा बसोबास गर्ने उनीहरुलाई सामग्री हस्तान्तरण गरिएको उनले जानकारी दिए। चुलो हस्तान्तरण समारोहमा प्रमुख महतोले वनसँगको परनिर्भरताले वन्यजन्तु र मानव बीचको द्वन्द्व बढाउने हुँदा यसको अन्त्य गर्दै जानुपर्ने बताए। वनमा आवतजावत हुँदा मानवीय क्षतिसमेत हुने हुँदा नगरपालिकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ थियो ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा प्रमुख रचना शाह, अयोध्यापुरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शिवजी गायक लगायतले संरक्षणमा स्थानीय सहभागिता आवश्यक रहेको बताएका थिए। 

सम्बन्धित समाचार

  • आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै

    काठमाडौँ- आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व नाराका

  • वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

    काठमाडौँ- चीन भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग चीनको राष्ट्रिय वन तथा घाँसेमैदान

  • जलवायु परिवर्तन र अव्यवस्थित दोहन, पानी सङ्कटको कारक बन्दै

    रमेश लम्साल/रासस काठमाडौँ- नेपालमा रहेका नदीनालामा वार्षिक रूपमा दुई सय २५ अर्ब घनमिटर पानी उपलब्ध हुने

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend