कोप-२८ लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने - मेरा निर्दोष जनताको न्यायका लागि यहाँ उभिएको छु 


साथसाथै न्युज
१६, मंसिर २०८०
कोप-२८ लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने - मेरा निर्दोष जनताको न्यायका लागि यहाँ उभिएको छु 

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राषट्रसंघीय जलवायु सम्मेलन कोप-२८ लाई सम्बोधन गर्दै आफू निर्दोष जनताको न्यायका लागि उभिएको बताएका छन्। 

संयुक्त अरब ईमिरेट्स (यूएई) को दुबईमा जारी कोप-२८ लाई शनिबार सम्बोधन गर्दै प्रधामन्त्री प्रचण्डले भने, 'हाम्रा मानिसहरुले जलवायुजन्य विपद्‍को ठूलो चपेटामा परेका छन्। यो अन्याय हो र यसलाई तत्काल रोक्‍नुपर्छ। म मेरा निर्दोष जनताको जलवायु न्यायका लागि यहाँ उभिएको छु।' 

उनले नेपाल पेरिस सम्झौता कार्यान्वयनमा पूर्ण प्रतिबद्ध भएकोसमेत बताएका छन्। उनले भने, 'हामी पेरिस सम्झौता कार्यान्वयनमा प्रतिबद्ध छौं। सन् २०४५ सम्म नेट जिरो लक्ष्य पूरा गर्न प्रतिबद्ध छौं। हामीले स्वच्छ उर्जाका लागि जलविद्युतमा काम गरिरहेका छौं।'  

प्रधानमन्त्री प्रचण्डले जलावयु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा हिमालहरु तनावमा रहेको उल्लेख गर्दै हिमाल जोगाउन बताएका छन्। आईपीसीसीको रिपोर्टलाई उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, 'हिमालको एक तिहाइ हिउँ गुमाएका छौं।' 

यही शताब्दीको अन्त्य सम्ममा अर्को एक तिहाइ गुमाउने वैज्ञानिकहरुले चेतावनी दिएको पिन प्रधानमन्त्री प्रचण्डले बताएका छन्। थपे, 'यो वेकअप कल हो। हिमालहरु मानव सभ्यता, जैविक विविधता र पारिस्थितिक प्रणालीका आधार हुन्। हिमालहरुले पृथ्वी र पृथ्वीका मानिसहरुलाई विश्वव्यापी सेवा दिइरहेका छन्, हिमालहरु जीवनयापनका स्रोत हुन्।'

हिमालको तल्लो तहमा बस्‍ने १.६९ बिलियन मानिसहरुलाई स्वच्छ पानीको स्रोतहरु हिमाल नै भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बताएका छन्। राष्ट्रसंघका महासचिवले प्रकृतिविरुद्धको युद्ध रोक्‍न गरेको आग्रहलाई स्मरण गर्दै भने, 'हाम्रा अल्पकालीन स्वार्थहरुलाई पूरा गर्नका लागि हामीले हाम्रैविरुद्धको युद्ध सुरु गरेका छौं।'

एलडीसी मुलुकहरुको अध्यक्ष राष्ट्रको हैसियतमा प्रधानमन्त्री प्रचण्डले भने, 'एलडीसी मुलुकहरु जलवायु परिवर्तनबाट बढी पीडित छन्। एलडीसी मुलुकहरुको आर्थिक र प्राविधिक सहायता आवश्यक छ।' 

प्रधानमन्त्री प्रचण्डले विकसित राष्ट्र र अन्तर्राष्ट्रिय समुदायले अल्पविकसित मुलुकका लागि अनुमानयोग्य र समतामूलक स्रोत र प्रविधिको व्यवस्था हुनुपर्ने माग गरे। जलवायु संकटलाई सम्बोधन गर्न अति कम विकसित मुलुकलाई अनुदान दिनुपर्ने पनि उनले बताए।

 

 

सम्बन्धित समाचार

  • 'जलवायु परिवर्तनको असर ढोकामै पुगिसकेको छ, सबै क्षेत्र गम्भीर बनौं'

    काठमाडौं- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप २८) बाट प्राप्त भएका उपलब्धी र नेपालले आगामी

  • ‘जलवायुका असरको क्षतिपूर्ति प्राप्त गर्न आन्तरिक तयारी आवश्यक छ’

    काठमाडौँ- विश्वको कूल हरित गृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका नगन्य (०.०५ प्रतिशतभन्दा कम) रहेको छ

  • जलवायु परिवर्तन न्युनिकरणका लागि जीवाष्म इन्धन युग 'अन्त्य' को सुरुवात

    काठमाडौं- जीवाष्म इन्धन युग अन्तको सुरुवात गर्ने सहमति गर्दै संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलन

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend