प्रधानमन्त्री प्रचण्डद्वारा कोप-२८ मा हिमालको मुद्दालाई सशक्त बनाउन गोलमेच आयोजना

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने 


साथसाथै न्युज
१६, मंसिर २०८०
प्रधानमन्त्री प्रचण्डद्वारा कोप-२८ मा हिमालको मुद्दालाई सशक्त बनाउन गोलमेच आयोजना

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा जारी संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८) को साइडलाइनमा पर्वतीय देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई निम्त्याएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छुट्टै गोलमेच (राउण्ड टेबल) बैठक गर्ने भएका छन्। 

सम्मेलनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले सम्बोधन गर्ने भएका छन्। उक्त गोलमेचमा पर्वतीय साझेदार मुलुकका प्रमुख तथा प्रतिनिधिहरु, राष्ट्रीय संघीय निकायका प्रतिनिधिहरु, हिमालका मुद्दामा काम गर्ने अन्तर्राष्ट्रिय निकायका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागीता रहने भएको छ। 

जलवायु परिवर्तनले निम्त्याएको संकट समाधानमा ऐक्यबद्धताका लागि प्रधानमन्त्री प्रचण्डले कोप–२८ को क्रममा पर्वतीय मुलुकहरुको छुट्टै ‘साइड लाइन’ बैठक आयोजना गरिएको प्रधानमन्त्रीका जलवायु सल्लाहकार पपुलर जेन्टलले जानकारी दिएका छन्। उनले भने, 'जलवायु परिवर्तनबाट पीडित मुलुकहरुको दबाब बढाउने, जलवायु परिवर्तनले पारेको प्रभावबारे छलफल गर्ने र एजेण्डामा ऐक्यबद्धताका लागि पर्वतीय मुलुकहरुको छुट्टै गोलमेच बैठक आयोजना गरिएको छ।' 

'हिमालको आह्वान : जलवायु संकटबाट हामीलाई कसले बचाउँछ?' (कल अफ द माउन्टेन्स : हु सेभ्स अस फ्रम द क्लाइमेट क्राइसिस) शीर्षकको गोलमेच बैठक शनिबार बिहान ९ बजेदेखि सम्मेलन हलको १२ नम्बर कोठामा हुने भएको छ। 

यसअघि काठमाडौंमा आयोजित जलवायु सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले (कोप-२८) मा पर्वतीय राष्ट्रहरूको समस्याबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले भनेका थिए, 'नेपालले जस्तै समस्या भोगिरहेका पर्वतीय मुलुकहरुको साझा मुद्दालाई रणनीतिक रुपमा उठान गरी पर्वतीय मुलुकहरुसँग सहकार्यको रणनीति बनाउन नेतृत्व गरिनेछ।' 

यस्तो छ कार्यक्रमको तालिका

WhatsApp Image 2023-12-02 at 07.31.09.jpeg
undefined

 

 

 

सम्बन्धित समाचार

  • 'जलवायु परिवर्तनको असर ढोकामै पुगिसकेको छ, सबै क्षेत्र गम्भीर बनौं'

    काठमाडौं- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप २८) बाट प्राप्त भएका उपलब्धी र नेपालले आगामी

  • ‘जलवायुका असरको क्षतिपूर्ति प्राप्त गर्न आन्तरिक तयारी आवश्यक छ’

    काठमाडौँ- विश्वको कूल हरित गृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका नगन्य (०.०५ प्रतिशतभन्दा कम) रहेको छ

  • जलवायु परिवर्तन न्युनिकरणका लागि जीवाष्म इन्धन युग 'अन्त्य' को सुरुवात

    काठमाडौं- जीवाष्म इन्धन युग अन्तको सुरुवात गर्ने सहमति गर्दै संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलन

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend