स्कटल्याण्ड– स्कटल्याण्डको पश्चिमी टापुको समुद्री तटमा फसेका करिब ५० पाइलट ह्वेल मरेको अवस्थामा फेला परेका छन्।
समुद्री किनारमा ठूलो मात्रामा ह्वेल फसेको फेला परेपछि उद्धारकर्मीहरूलाई बोलाइएको थियो। उद्धारकर्मीले १५ ह्वेलको भने जीवितै उद्धार गरेका थिए। तर तीनवटा भने केही समयपछि मरेका थिए। जीवित ह्वेलहरूमध्ये ८ वयस्क र ४ बच्चाहरू रहेका छन्।
मिडिया रिपोर्टहरूका अनुसार राम्रो उद्देश्यको बावजुद उद्धारकर्ताहरूले बाँकी ह्वेलहरूलाई पानीमा फिर्ता पठाउन सकेनन्।
रिपोर्टहरूका अनुसार टापुको दुर्गमताका कारण चिकित्सा र उद्धारकर्मीहरूले उद्धार संयोजकहरूसँग कुराकानी गर्न सङ्केतहरू प्राप्त गर्न पाँच माईलसम्म ड्राइभ गर्नुपरेको थियो। ह्वेल मर्नुको कारणबारे स्पष्ट रुपमा केही खुलेको छैन।
गत वर्ष न्यूजील्याण्डमा दुई छुट्टाछुट्टै घटनामा करिब ५०० पाइलट ह्वेल मरेका थिए। यसपछि गत वर्ष अष्ट्रेलियामा पनि म्याक्वेरी हार्बर नजिक २३० ह्वेल फसेका थिए, जसमध्ये २ सयको मृत्यु भएको थियो।